728x90 AdSpace

  • ताजा ताजा

    एउटै सर्पले डस्दा बुबाआमाको मृत्यु भएपछि अब कसले हेरिदिने बिचरा यी टुहुरालाई...

    नवलपरासी, २६ साउन, २०७३– सर्पले डस्दा नवलपरासीमा एक दम्पत्तिको मृत्यु भएको छ ।


    भारतीय सिमावर्ती हरपुर गाविस–८ मुडेराका ३५ वर्षीय शिवशङ्कर हरिजन र उनकी श्रीमती लक्ष्मीनादेवीको मृत्यु भएको प्रहरीले जनाएको छ ।


    घरको भुइँतल्लामा सुतिरहेको अवस्थामा गएराति उनीहरुलाई सर्पले डसेको थियो । छिमेकीको सहयोगमा उपचारका लागि दुवैलाई बिहान पृथ्वीचन्द्र अस्पताल परासीमा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    मृतक दम्पत्तिको आजै एउटै चितामा दाह संस्कार गरिएको छ । बाबुआमाको मृत्युपछि उनीहरुका दुई छोराको विचल्ली भएको छ ।
    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: एउटै सर्पले डस्दा बुबाआमाको मृत्यु भएपछि अब कसले हेरिदिने बिचरा यी टुहुरालाई... Rating: 5 Reviewed By: Shesh Narayan Jha
    Scroll to Top