728x90 AdSpace

  • ताजा ताजा

    नेपालको जलविद्युत परियोजना निर्माण गर्न चिनियाँ कम्पनी तयार

    काठमाडौं, ३२ साउन, २०७३– चाइना गेजुवा ग्रुप कर्पोरेशन सीजीजीसीले १२ सय मेघावाटको बुढीगण्डकी जलविद्युत परियोजना निर्माण गर्न आफू इच्छुक रहेको बताएको छ । साथै उसले माथिल्लो त्रिशुली ए परियोजनाको ६५ प्रतिशत काम पूरा भइसकेको जनाएको छ ।


    चाइनिज कम्पनी सीजीजीसीका तर्फबाट पीआर म्यानेजर ओमबन्धु कार्कीले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ( ‘सीसीजीजीसीले हालै नेपाल सरकार र नेपाली नागरिकको विकासको आशा बनेको १२०० मेगावाट क्षमताको जलाशय युक्त बुढीगण्डकी आयोजना निर्माणमा आफ्नो इच्छा प्रकट गरेको छ ।’

    कार्कीका अनुसार सन् १९७० मा स्थापित सीजीजीसी चीनको सरकारी स्वामित्वका ठूला संस्थामध्ये पर्छ । सीजीजीसीले विश्वका १ सय ३६ देशमा करिब १ सय ९० वटा विकास आयोजना कार्यान्वय गरेको छ ।

    ५० अर्ब अमेरिकी डलर भन्दा बढीको करारमा संलग्न सीजीजीसी विश्वका उत्कृष्ट २ सय ५० अन्तर्राष्ट्रिय निर्माण व्यवसायीहरुको सूचिमा ४१ औं स्थानमा पर्छ ।  झण्डै २० खर्ब रुपैयाँ १९.६ बिलियन अमेरिकी डलर भन्दा बढी कारोबार भएको सीजीजीसी राजस्वका हिसाबले विश्वको ३३ औं ठूलो निर्माण कम्पनी हो ।

    चीनमा रहेको विश्वको सबैभन्दा ठूलो थ्री गर्जेज जलविद्युत आयोजना ९२२,५०० मेगावाट ० सीजीजीसीले नै बनाएको हो ।

    यसले २० भन्दा बढी जलविद्युत र थर्मल पावर प्लान्टमा लगानी गरेको छ । सीजीजीसीको २० मिलियन मेट्रिक टन उत्पादन क्षमताको सिमेण्ट कारखानासमेत छ । सिन्जियानको हमीमा ६ मिलियन मेट्रिक टन क्षमताको कोइला खानी समेत भएको सीजीजीसी उत्पादन क्षमताको आधारमा चीनको दोस्रो ठूलो नागरिक हितका लागि विष्फोटन सामग्री उत्पादन गर्ने कम्पनी पनि हो ।

    त्यस्तै चीनको केन्द्रिय सरकार मातहतका २१ ठूला रियल स्टेट व्यवसायिक कम्पनी मध्येमा सीजीजीसी पनि एक हो ।
    नेपालमा सीजीजीसीले ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत आयोजनाको सिभिल निर्माणको कामको जिम्मेवारी पाएको छ । अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका आधारमा यसले ६० मेगावाट क्षमताको माथिल्लो त्रिशुली(३ ए आयोजनाको इपीसी निर्माण ठेक्का पनि प्राप्त गरेको छ ।

    चमेलियाको सिभिल वक्र्सको काम ९६ प्रतिशत सम्पन्न भइसकेको कार्कीले जनाएका छन् । पहिले पूर्वानुमान समेत नगरिएको सुरुङ्ग साँघुरिने प्रक्रियाको समुचित उपचार खोज्न र त्यसमा लागेको निर्माण सामाग्री र दक्ष जनशक्तिको पारिश्रमिक भुक्तानीको विषय अड्किन गएकाले यो आयोजना सम्पन्न हुन समय लागेकोे उनको भनाइ छ । यो विवाद सुल्भिmनासाथ यसको निर्माण छिटो सम्पन्न हुनेछ कार्कीले बताएका छन् । अनलाइन खबरबाट
    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: नेपालको जलविद्युत परियोजना निर्माण गर्न चिनियाँ कम्पनी तयार Rating: 5 Reviewed By: Shesh Narayan Jha
    Scroll to Top