728x90 AdSpace

  • ताजा ताजा

    भाँडियो दुई राप्रपाको एकता

    काठमाण्डौँ, २४ साउन, २०७३, राप्रपा नेपाल र राप्रपाबीच मंगलबार हुने भनिएको एकता नहुने भएको छ। एकीकरणका लागि मिति घोषणा भइसकेपछि पनि अन्तिम क्षणमा एकता भाँडिएको हो। पशुपति शम्शेर राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी एकता प्रकियाबाट अलग भएर सरकारमा जाने निर्णय गरेको छ।


    राप्रपाबाट मंगलबार नै दुईजना मन्त्री भएका छन्। अन्तिम क्षणमा आएर एकता प्रकियाबाट अलग हुनु दुर्भाग्यपूर्ण भन्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले दुःख व्यक्त गरेका छन्।

     दुवैपक्षको सहमतिमा पार्टी एकिकरण घोषणाको मिति तय भैसकेको अवस्थामा एकपक्षीय रुपमा एकिकरण स्थगन गर्ने पशुपति शमशेरजीको निर्णय दुर्भाग्यपूर्ण रहेको भन्दै थापाले ट्वीट गरेका छन्।

    राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्यसम्पादन समितिको आजको बैठकले अन्तरिम विधानको मस्यौदा परिमार्जन नभएसम्म एकता प्रक्रियामा सहभागी नहुने निर्णय गरेको छ ।
    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: भाँडियो दुई राप्रपाको एकता Rating: 5 Reviewed By: Shesh Narayan Jha
    Scroll to Top