728x90 AdSpace

  • ताजा ताजा

    भारतीय आकासमा पाकिस्तानको युद्ध विमान, अब के होला ?

    एजेन्सी, पाकिस्तानले हवाई सीमा उल्लंघन गरेको भारतले आरोप लगाएको छ । भारतीय सीमा सुरक्षा बलको अनुसार सोमबार जम्मुको आरएसपुरा र अरनिया सेक्टरमा पाकिस्तानी युद्ध विमान देखिएको हो ।


    यद्यपि, भारतीय हवाई क्षेत्रमा प्रवेश गरेको ४ मिनेटमा नै उक्त विमान पुनः पाकिस्तानतर्फ फर्किएको थियो ।

    यो घटना सोमबार दिउँसो १ बजेर १० मिनेटमा भएको थियो । भारतीय मिडियाका अनुसार पाकिस्तानको उक्त विमान निकै तल उडिरहेको थियो । विमान खरानी रंगको थियो र भारतीय हवाई क्षेत्रमा प्रवेश गरेको केही क्षणमा नै फिर्ता भएको थियो ।

    सीमा सुरक्षा बलले यसको रिपोर्ट हेडक्वार्टरमा पनि पठाइसकेको छ । यता, भारतीय एयरफोर्सले पनि उक्त घटनाको विस्तृत विवरण सीमा सुरक्षा बलसँग मागेको छ ।
    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: भारतीय आकासमा पाकिस्तानको युद्ध विमान, अब के होला ? Rating: 5 Reviewed By: Shesh Narayan Jha
    Scroll to Top