728x90 AdSpace

  • ताजा ताजा

    यी हुन्, प्रधानमन्त्री हुनासाथ प्रचण्डले गरेका चार बोल्ड निर्णय

    काठाण्डौँ, २० साउन, २०७३, बिहीबार प्रधानमन्त्रीको पदभार ग्रहण गर्नासाथ पुष्पकमल दाहाल प्रचण्डले चार निर्णय गरेका छन् । उनले गरेका चारै निर्णय महत्वकांक्षी र जनचासोका रहेका छन् ।


    १. गरिबका लागि सरकार कार्यक्रममाः पहिचानका क्रममा रहेका गरिव घरपरिवारको परिचान कार्यलाई सम्पन्न गरी उनीहरुको जीवनस्तर उकास्न गरिबका लागि सरकार कार्यक्रम संचालन गर्ने । यस अभियानमा आयआर्जन, शिक्षा, स्वाथ्य विमा, तालिम र प्रविधि हस्तान्तरण, रोजगार तथा स्वरोजगार, बैक तथा बजार एकीकरण र खाद्य सुरक्षा जस्ता कार्यक्रमहरु सञ्चालन गरिने ।

    २. भूकम्प पीडितलाई राहत र पुनर्निर्माणः प्रचण्डले ३१ जिल्लाका ५ लाख ३३ हजार परिवारलाई अनुदानको पहिलो किस्ता अबको ४५ दित्र हस्तान्तरण गर्ने र पुनर्निर्माणलाई शिघ्र कार्यन्यवयन गर्ने ।

    ३. चिकित्सक नपुगेका प्राथमिक स्वास्थ्य केन्द्रहरुमा आगामी ३ महिनाभित्र चिकित्सक पठाइसक्ने र जिल्ला र त्यसमाथिका सरकारी अस्पतालहरुले एकै छातामुनी सबै सुविधा दिने नीति अन्तरगत गुणस्तरीय औषधि उपलब्ध गराउन औषधि कक्षा यस आर्थिक वर्षबाट सञ्चालन गर्ने ।

    ४. देशभरका दलित र कर्णालीका नवजात शिशुको जन्मदर्ता गर्न म्याद भित्र आउने परिवारलाई प्रत्साहन स्वरुप १ हजार दिने ।
    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: यी हुन्, प्रधानमन्त्री हुनासाथ प्रचण्डले गरेका चार बोल्ड निर्णय Rating: 5 Reviewed By: Shesh Narayan Jha
    Scroll to Top