728x90 AdSpace

  • ताजा ताजा

    अब हुनेभयो, केपी ओलीलाई आफ्नै नेताको डर...

    काठमाडौँ, १० भदौ– नेकपा एमालेले कुनै पनि हालतमा संविधान संशोधन गर्न नहुने बताइरहेका बेला उसकै एक नेताले संविधान संशोधन गर्न सकिने बताएका छन् ।

    एमालेले संविधान संशोधन भन्दा कार्यान्वयनको आवश्यकता रहेको निश्कर्ष निकाल्दै त्यसबारे थप स्पष्ट पार्न आफ्ना नेतालाई तराई–मधेस पठाउने निर्णय गरिसकेका बेला स्थायी समिति सदस्य शंकर पोखरेलले आवश्यकता अनुसार राजनीतिक दलको सहमतिमा संविधान संशोधन गर्न सकिने प्रतिक्रिया दिएका हुन् ।
    एक साता बसेको एमाले स्थायी कमिटी बैठकले मधेसको मुद्दा र मधेसी जनताको चाहना संविधान संशोधन भन्दा पनि मधेसको विकास र सम्बृद्धि रहेको निश्कर्ष निकाल्दै यसबारे त्यस क्षेत्रका जनतासँग प्रत्यक्ष भलाकुसारी गर्न एमाले तराई–मधेस जाने निर्णय गरेको थियो ।
    तर, एमालेको निर्णमाथि धावा बोल्दै प्रेस चौतारी नेपालले धनकुटामा आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले संविधान सहमतिको दस्तावेज भएकाले आवश्यकता र समयानुसार परिवर्तन गर्न सकिने बताएका छन् ।
    एमाले अध्यक्ष केपी ओलीले तत्कालिन सरकारमा आफू प्रधानमन्त्री हुँदा मधेसी मोर्चाले उठाएको संविधान संशोधनको मागलाई बेवास्ता गर्दै आएका थिए । उनले हालपनि संविधान संशोधन भन्दा त्यसको कार्यान्वयन र मधेसको विकास तथा सम्बृद्धी महत्वपूर्ण रहेको बताउँदै आएका छन् ।

    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: अब हुनेभयो, केपी ओलीलाई आफ्नै नेताको डर... Rating: 5 Reviewed By: Shesh Narayan Jha
    Scroll to Top