728x90 AdSpace

  • ताजा ताजा

    एमालेले माग्यो प्रचण्डसँग कारण ?, प्रचण्डलाई फसाद

    काठमाडौँ, १२ भदौ– व्यवस्थापिका–संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्रीले उपप्रधानमन्त्रीद्वयलाई विशेषदूतको रुपमा छिमेकीमूलुकमा पठाउनुपर्ने कारण बारेमा प्रश्न उठाएको छ ।


    संसद्को आइतबारको बैठकमा समय माग गर्दै एमालेका उपाध्यक्ष भीमबहादुर रावलले सयुक्त राष्ट्र सङ्घ र पञ्चशीलको सिद्धान्त विपरित के परिस्थिति परेर सरकारले उपप्रधानमन्त्रीलाई दूत बनाएर छिमेकी मुलुकमा पठाउनु प¥यो रु भनी प्रश्न गरेका छन् ।

    सांसद रावलले मुलुकको सार्वभौमसत्ताप्रति सरकार संवेशनशील हुनुपर्ने धारणा राख्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतका प्रधानमन्त्रीलाई गरेको पत्राचारको बारेमा पनि स्पष्ट पार्न माग गरे ।

    मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री दाहालको विशेष दूतकोरुपमा केही दिनअघि उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधि भारत र उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महरा चीन गएका थिए ।

    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: एमालेले माग्यो प्रचण्डसँग कारण ?, प्रचण्डलाई फसाद Rating: 5 Reviewed By: Shesh Narayan Jha
    Scroll to Top