728x90 AdSpace

  • ताजा ताजा

    हेर्नुस्, भारतले नेपालको सम्पत्ति यसरी आफ्नो बनायो

    काठमाण्डौँ, १ भदौँ, २०७३, भारतीय दूतावासले नेपालको अन्नपूर्ण हिमश्रृङ्खलालाई भारतको भन्दै प्रचार गरेको छ ।


    पोल्याण्डस्थित भारतीय दूतावासले ‘अतुल्य भारत’ लेख्दै एक साइन बोर्डमा नेपालको अन्नपुर्णलाई भारतको भएको भन्दै लाजमर्दो काम गरेको हो ।

    भारतको भनिएको सो हिम हिमश्रृङ्खला नेपालको भएको भन्दै नेपलीहरुले विरोध गरेपछि बल्ल पोल्याण्डका भारतीय राजदूत अजय विशरियाले माफी मागेका हुन् ।

    भारतको स्वतन्त्र दिवसको अवसरमा पोल्याण्डस्थित भारतीय दूतावास अगाडि राखिएको साइन बोर्डमा एक महिलाले योगभ्यास गर्न लागेको दृश्य छ । जसमा नेपालको अन्नपूर्ण हिमाल पनि प्रस्ट देखिन्छ । तर, त्यसमा ‘अतुल्य भारत’ लेखिएको छ ।

    भारतमा पर्यटन भित्राउनका लागि दूतावासले नेपालको प्राकृतिक सुन्दरतालाई उपयोग गरेका थियो । यसअघि पनि विश्वभरका सुन्दरीहरुको एक प्रतियोगितामा भारतीय युवतीले नेपालका प्राकृति मनोरम दृश्यलाई समेटेरर भारतको भन्दै कुप्रचार गरेकी थिइन् ।

    त्यसैगरी भारतले नेपालको गौतम बुद्धलाई समेत आफ्नो देशमा जन्मिएको भन्दै गलत प्रचार गर्दै आएको छ । यस्तोमा नेपालका महत्वपूर्ण प्राकृतिक तथा धार्मिक सम्पत्तिप्रति भारतले लाज नै पचाएर कुप्रचार गर्न पक्कै पनि गलत हो । यसलाई भारतको हेपाहा प्रबृद्धी भन्दा फरक नपर्ला । तस्बिरः राजेश श्रेष्ठ
    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: हेर्नुस्, भारतले नेपालको सम्पत्ति यसरी आफ्नो बनायो Rating: 5 Reviewed By: Shesh Narayan Jha
    Scroll to Top