728x90 AdSpace

  • ताजा ताजा

    प्रचण्ड प्रधानमन्त्री हुनासाथ कांग्रेसको माग बढ्यो, यसो भन्छ...


    काठमाण्डौँ १९ साउन, २०७३– सत्ता साझेदार नेपाली कांग्रेसले सानो आकारको मन्त्रिमण्डल बनाउने भन्दै माओवादी केन्द्रसँग गरेको सहमतिबाट भाग्न खोजेको छ ।


    माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्नुअघि दुई पार्टीबीच भएको सहमतिलाई लत्याउँदै कांग्रेसले आफूले थप दुई मन्त्रालय पाउनुपर्ने दाबी गरेको छ ।


    यसअघि भएको सात बुँदे सहमतिमा कांग्रेसलाई १३ र माओवादीलाई ९ मन्त्रालयको भागबण्डा लगाइएता पनि प्रचण्ड प्रधानमन्त्री भएको भोलीपल्टै कांग्रेसले १५ मन्त्रालयको माग गरेको हो ।


    स्रोतका अनुसार कांग्रेसमा मन्त्री बन्ने आकांक्षी धेरै भएपछि उसले त्यस्तो माग राखेको हो ।

    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: प्रचण्ड प्रधानमन्त्री हुनासाथ कांग्रेसको माग बढ्यो, यसो भन्छ... Rating: 5 Reviewed By: Shesh Narayan Jha
    Scroll to Top