728x90 AdSpace

  • ताजा ताजा

    मधेसको मुटुलाई गिज्याउने यी दृश्य (फोटोफिचर)


    मधेसको धार्मिक राजधानी मात्र नभएर नेपालकै एक महत्वपूर्ण धार्मिकस्थलका रुपले चिनिएको छ जनकपुरधाम ।

    तर, त्यही उपमहानगरपालिका क्षेत्र वरिपरी देखिएका केही दृश्यले पक्कै पनि जनकपुरधामलाई गिज्याइरहेको छ ।फोहर फाल्ने उचित ठाउँको अभाव, नगर क्षेत्रभित्रै जताततै फोहरको थुप्रो, खुला नाला, हिलाम्य बाटो, छाडा गाईवस्तु आदीले जनकपुरधामको सौन्दर्यता बिगारिरहेको छ ।


     यसले ऐतिहासिक सहर जनकपुरको पहिचान र प्रतिष्ठा गुम्ने त होइन भन्ने चिन्ता एकातिर छ भने अर्कोतिर त्यसक्षेत्रको विकास, व्यवस्थापन र सुधारको जिम्मा लिएकाहरु के हेरेर बसिरहेका छन् भन्ने प्रश्न चिन्ह तेर्सिएको छ । जनकपुरलाई सङ्घीय प्रान्तको राजधानी बनाउन दिनहुँजसो राजनीतिक कसरत हुने गरेको छ । तर त्यहाँ देखिएका यस्ता दृश्यले के जनकपुर त्यसका लागि लाएक छ त भन्ने प्रश्न उठ्ने गरेको छ ।सरकारले धनुषालाई सन् २०१७ सम्म खुल्ला दिसामुक्त क्षेत्रका रूपमा घोषणा गर्ने निर्णय लिए पनि त्यहाँका जनताले जिम्मेवारी बोध गर्न सकेका छैनन् ।

    खुल्ला ठाउँमा दिसापिसाब गर्ने त्यहाँको आम चलन हट्न सकेको छ । नत नगर क्षेत्रभित्र सार्वजनिक शौचालय नै छन् । पर्यटकीय दृष्टिकोणले समेत महत्वपूर्ण मानिएको जनकपुरमा रहेका जानकीको ऐतिहासिक मन्दिर, राम मन्दिर, जनक मन्दिरलगायत अनेकन पर्यटकीय गन्तव्यको सम्बद्र्धन र प्रवद्र्धनतर्फ कसैको ध्यान गएको छैन ।


    यी सबै कुरामा कसले चासो देखाउने रु के जनकपुरलाई सधैभरी यसरी नै बेसहारा छाडिरहने हो ? तस्बिरः ऋषिशेष/काठमाण्डु टुडेबाट


    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: मधेसको मुटुलाई गिज्याउने यी दृश्य (फोटोफिचर) Rating: 5 Reviewed By: Shesh Narayan Jha
    Scroll to Top