728x90 AdSpace

  • ताजा ताजा

    यी हुन् पुलिस नै जान थरथरी काँप्ने विश्वका खतरनाक ठाउँ (तस्बिरसहित)

    हामीलाई लाग्नसक्छ विकसित मुलुकमा खतरनाक स्थान भन्ने हुँदै हुँदैनन् । मानिसहरु यस्ता स्थानमा बिना कुनै डर दिन होस् वा रात मज्जाले घुम्न सक्छन् भनेर धेरै मानिसहरुले सोच्नुभएको होला । तर हाम्रो सोचाई सधैं सहि हुन्छ भन्ने छैन । पश्चिमा देशहरुमा पनि यस्ता ठाउँहरु छन् जहाँ जान मानिसहरु डराउँछन् । कुनै देश वर्षौं पहिलेदेखि यस्तो अवस्थामा थिए भने कुनै भर्खरै मात्र खतराको सूचीमा राखिएका हुन् । यहाँ सर्वसाधारण त के, पुलिसहरुसमेत यहाँ जान डराउँछन् ।


    १. ब्राजिलको फेविला (स्लम बस्ती)

    ‘नो् जोन’ क्षेत्र भनिने यो ठाउँलाई संसारको सबैभन्दा चर्चित ठाउँ भनिन्छ । कुनै प्रकारको कानुन नचल्ने यो क्षेत्रमा ग्याङ्गस्टर र ड्रग माफियाको राज चल्छ । पुलिसहरु उनीहरुको यो क्षेत्रमा छिर्ने हिम्मत गर्दैनन् । फिफा वल्र्डकप र ओलम्विक जस्तो खेललाई आयोजना गर्ने बेलामा यो देशले उनीहरुको यो वास्तविकतालाई संसारबाट लुकाउन खोजेको थियो । यद्यपी, यहाँका केही स्लम बस्तीहरु पुलिसको निगरानीमा सुरक्षित रहेको छ ।

    २. बर्मिंघमः

    बर्मिंघम मिडल इस्टको बाहिर मुस्लिमको सबैभन्दा ठूलो जनसंख्या भएको शहर छ । यहाँ पुलिस पेट्रोलिङका लागि आउन डराउँछन् । यहाँ एउटा क्याम्पेन चलाइएको थियो जसमा बर्मिंघम पब्लिक स्कूललाई ‘शरिया लो जोन’ मा परिवर्तन गरियो । बच्चाहरुलाई हलाल गरिएको खाना खान र किशोरीहरुलाई खेलमैदानमा बुर्का लगाउन दबाब दिइयो । यहाँ आजकाल हिंसाको खबर आउने गर्दछ ।


    ३. डुईसवर्गः

    जर्मनीको शहर डुईसवर्गमा कुनै कानुन छैन । पुलिसको कुनै कन्ट्रोल नहुने यो देशमा चाँडै नै पब्लिक अर्डर पनि सिद्धिन्छ । जर्मन पुलिस युनियनका प्रसिडेन्ट रेनरको भनाई अनुसार यहाँको केही एरियामा पुलिस आफ्नो कार रोक्ने गर्दछन् किनभने उनलाई थाहा छ कि यहाँ जाँदा उनीहरुलाई ४०–५० मानिसहरुले घेर्ने गर्दछन् ।
                                                              


    ४. जेलसेनकिरचेनः

    जर्मनीको यो दोस्रो शहरलाई पनि ‘नो गो’ जोन घोषित गरिएको छ । यहाँ केही दिन पहिले पुलिसले दुई मानिसहरुलाई पक्राउ गरेका थिए । केही टाढा जाँदा नै पुलिसलाई १०० मानिसहरुले घेरे । पुलिस फोर्स बोलाए पछि स्थिती कन्ट्रोलमा आएको थियो ।                          
                                            



    ५. रोबिक्सः

    फ्रान्सका नागरिकका अनुसार जब उनीहरु रोबिक्समा जान्छन् तब आफूलाई अर्कै देशमा गएको आभाष हुन्छ । यहाँ कुनै प्रकारको नियम र कानुन कुटपिट र तोडफोड नगरी लागु हुँदैन ।  दैनिक भाष्कर


    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: यी हुन् पुलिस नै जान थरथरी काँप्ने विश्वका खतरनाक ठाउँ (तस्बिरसहित) Rating: 5 Reviewed By: Shesh Narayan Jha
    Scroll to Top