728x90 AdSpace

  • ताजा ताजा

    निधि भारतबाट नफर्कर्दै कांग्रेसले मन्त्री नछान्ने

    काठमाण्डौ, ३ भदौ, २०७३– सरकारमा सहभागी हुने आफ्ना मन्त्री छान्न यतिबेला कांग्रेसलाई हम्मेहम्मे परेको छ । पार्टीमा मन्त्री पदका आकांक्षी धेरै भएपछि सभापति शेरबहादुर देउवा कसलाई मन्त्री बनाउने भन्ने तनाबमा छन् ।


    लामो समय नेविसंघको महाधिवेशन भएका कारण मन्त्री छान्न ढिला भएको भन्दै पन्छिएको कांग्रेले अब भारत भ्रमणमा रहेका उपप्रधान एवं गृहमन्त्री तथा आफ्ना नेता विमलेन्द्र निधि नेपाल फर्किएपछि मात्र मन्त्री छान्ने भएको हो ।

    कांग्रेस स्रोतका अनुसार रामचन्द्र पौडेल पक्षलाई मिलाएर मिलाएर लाने जिम्मा देउवाले निधिलाई दिएकाले सोमबार उनी फर्किएपछि मात्र मन्त्रीको टुंगो लाग्नेछ ।

    निधि भारत जानुअघि बिहीबार पौडेलसँग छलफल भएता पनि निस्कर्षमा पुग्न सकेन । देउवा पौडेल पक्षलाई चार मन्त्री दिने अडानमा छन् भने पौडेलले पाँच नभएर चार भएपनि रोजेको मन्त्रालय पाउनुपर्ने अडानमा रहेको स्रोतको दाबी छ ।

    यस्तोमा दुवै पक्षबाट मन्त्रीको आकांक्षी धेरै हुनु र केही नेताले नामै तोकेर सो मन्त्रालय पाए जाने नत्र नजाने घुर्की लगाएपछि कुरा मिल्न सकेको छैन ।

    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: निधि भारतबाट नफर्कर्दै कांग्रेसले मन्त्री नछान्ने Rating: 5 Reviewed By: Shesh Narayan Jha
    Scroll to Top