728x90 AdSpace

  • ताजा ताजा

    ओलीले प्रचण्डले सोधेका प्रश्नको एक एक जवाफ दिने


    काठमाण्डौँ, २६ साउन, २०७३– नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोधेका प्रश्नको एक एक उत्तर दिने बताएका छन् ।


    प्रचण्डले संसदमा ओलीलाई स्रोतबिना जनतालाई ठूल्ठूला सपना देखाएको आरोप लगाएका थिए । त्यसकै जवाफस्वरुप ओलीले आर्थिक स्रोत कहाँ छ भन्ने प्रश्नको आफूले जवाफ दिने बताएका छन्।


    प्रेस चौतारी नेपालले बुधबार पार्टी कार्यालयमा आयोजना गरेको अन्तर्क्रियामा ओलीले प्रचण्डलाई भने, ‘प्रधानमन्त्रीजी लिखित रूपमा मसँग सोध्नुस्, म तपाईँलाई लिखित रुपमै स्रोत देखाइदिन्छु।’


    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: ओलीले प्रचण्डले सोधेका प्रश्नको एक एक जवाफ दिने Rating: 5 Reviewed By: Shesh Narayan Jha
    Scroll to Top