728x90 AdSpace

  • ताजा ताजा

    वैद्य माओवादीले देशभर आन्दोलन चर्काउने

    काठमाण्डु, २० साउन– मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले देशभर आन्दोलन चर्काउने भएको छ ।


    राजधानीमा बसेको केन्द्रीय समितिको बैठकले सुकुम्बासी समस्या, भ्रष्टाचार, कमिशनखोरी, महङ्गी, कालाबजारीको विरोध र भूकम्पपीडितहरूका लागि नवनिर्माणको व्यवस्था लगायतका विषयलाई प्राथमिकतामा राखेर आन्दोलन चर्काउने निर्णय गरेको हो ।


    तीना दिनसम्म चलेको बैठकपछि वैद्यद्वारा जारी गरिएको विज्ञप्तिमा राष्ट्रिय स्वाधिनताका विषयमा भदौ २४ गते देशब्यापी विरोध प्रदर्शन गर्ने जनाइएको छ । विज्ञप्तिमा राष्ट्रिय स्वाधीनता र अपर कर्णाली लगायत जलविद्युत् परियोजनाको बारेमा संघर्ष चर्काउने भनिएको छ, ।
    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: वैद्य माओवादीले देशभर आन्दोलन चर्काउने Rating: 5 Reviewed By: Shesh Narayan Jha
    Scroll to Top