728x90 AdSpace

  • ताजा ताजा

    केपी ओलीका मान्छेबीच नै बबाल भएपछि, तीन चिरा भयो पार्टी संगठन

    काठमाण्डौँ, २६ साउन, २०७३, एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु अध्यक्ष नविना लामा र महासचिव ऐन महरको विवाद चर्किएको छ । एउटै प्यानलबाट महाधिवेशनमा विजयी भएपनि उनीहरुबीचको विवादले अनेरास्ववियु तीन चिरा छ ।


     महाधिवेसनमा पार्टी अध्यक्ष केपी शर्मा ओली समूहको प्यानलबाट चुनाव जितेका लामा र महासचिव महरबीचको विवादले चर्को रुप लिएको हो । अध्यक्ष लामाले महाविधेसन सम्पन्न भएको ६ महिना बितिसक्दा पनि विभिन्न विभागमा जिम्मेवारी नतोकेको,  आफू निकट नेतालाई मात्र जिम्मेवारी दिएको भन्दै महासचिव महर पक्ष असन्तुष्ट बनेक छन् ।


     महर पक्षले अध्यक्षसँग अनुमति नलिई एकलौटी निर्णयबाट भदौ ४ गतेका लागि राष्ट्रिय भेला आयोजना गरेको छ ।

    ओलीको समर्थनमा जतेका नेता फुटेपछि माधव नेपाल नेपाल पक्षको समर्थनमा सचिव बनेका सुदेश पराजुली महासचिवले बोलाएको भेला अवैधानिक भएको बताएका छन् ।

    फुटसँगै अनेरास्ववियु लामा, महर र पराजुली गरी तीन प्यानलमा विभाजन भएको छ ।
    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: केपी ओलीका मान्छेबीच नै बबाल भएपछि, तीन चिरा भयो पार्टी संगठन Rating: 5 Reviewed By: Shesh Narayan Jha
    Scroll to Top