728x90 AdSpace

  • ताजा ताजा

    सरकारले मधेस आन्दोलनमा मृतकका परिवारलाई १० लाख दिने

    काठमाण्डौँ, २१ साउन, २०७३– सरकारले मधेस आन्दोलनमा मारिएकाको परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँ दिने निर्णय गरेको छ ।


    शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले मधेसी मोर्चासँग भएको तीन बुँदे सहमति अनुसार एक हप्ताभित्र रकम उपलब्ध गराउने निर्णय गरेको हो ।


    बैठकले मधेस आन्दोलनका घाइतेलाई उपचार खर्च दिने, आन्दोलनमा भएको दमनको छानबिन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: सरकारले मधेस आन्दोलनमा मृतकका परिवारलाई १० लाख दिने Rating: 5 Reviewed By: Shesh Narayan Jha
    Scroll to Top