728x90 AdSpace

  • ताजा ताजा

    हेर्नुस्, कर्मचारीको लापरवाहीले बिहान ४ बजे लाईन बसेकाहरुले भाग्नुपरेको पीडा (फोटोफिचर)



    राहदानी विभाग अन्तर्गत अनलाईन फर्म भर्नका लागि सेवाग्राही बिहान ४ बजेदेखि लाईनमा बसेता पनि विभागको लापरवाहीले फर्म भर्न पाएनन् ।


    अनलाईनमार्फत फर्म भर्न विभिन्न साइवरमा लाईन झन्पछि झन् बढ्दै गयो तर विभाग सर्भर बन्द गरेर बस्यो । जसका कारण बिहानै उठेर लाईनमा बस्नुको सेवाग्राहीलाई कुनै फाइदा भएन । उल्टै उनीहरुले दोहोरो झन्झट ब्यहोर्नु पर्यो ।


    सर्भर नखुल्नुमा विभागका कर्मचारीले राजदूत आएको हुनाले कर्मचारी बैठकमा हुनुहुन्छ भन्ने उत्तर दिए । तर, कुर्दाकुर्दा समय बित्दै गयो बैठक सकिने कुनै चाँजोपाँजो देखिएन ।



    सोही क्रममा बुधबार सर्भर खुल्ने पर्खाइमा बसेका सेवाग्राहीको तस्बिर सहयात्रा डटकमले फेला पारेको छ । जनसेवाका लागि सरकारी पद धारण गरेका सम्बन्धित पक्षले यसतर्फ ध्यान दिने कि ?



    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: हेर्नुस्, कर्मचारीको लापरवाहीले बिहान ४ बजे लाईन बसेकाहरुले भाग्नुपरेको पीडा (फोटोफिचर) Rating: 5 Reviewed By: Shesh Narayan Jha
    Scroll to Top