728x90 AdSpace

  • ताजा ताजा

    चीनले राख्यो नेपालबाट लोडसेडिङ हटाउन यस्तो प्रस्ताव

    काठमाडौँ, ९ भदौ– सरकारी स्वामित्वको चिनियाँ कम्पनी चाइना मेसिनरी इन्जिनियरिङ कर्पोरेसन सिएमइसीले नेपालको दुई महत्वपूर्ण आयोजनामा लगानी गर्न चासो देखाएको छ ।


    सो कम्पनीले तामाकोसी तेस्रो र तमोर जलविद्युत् आयोजनामा लगानी गर्न आफू तयार रहेको भन्दै सरकारसँग प्रस्ताव गरेको छ । नर्वेजियन कम्पनी एसएन पावरले बजार नभएको भन्दै छाडेको तामाकोसी जलविद्युत् आयोजनाको क्षमता ६५० मेगावाट रहेको छ ।

    यस्तै ७६२ मेगावाट क्षमताको जलाशययुक्त तमोर जलविद्युत् आयोजना नेपाल विद्युत् प्राधिकरणले अध्ययन गरिरहेको आयोजना हो । विश्व बैंक, मुद्रा कोषलगायतको सहयोगमा बुटवल पावर कम्पनीले निर्माण गर्न लागेको काबेली र अर्को निजी क्षेत्रले निर्माण गरिरहेको हेवा जलविद्युत् आयोजनासमेत सो आयोजना बनेको खण्डमा जलाशयमा पर्ने देखिन्छ ।

    कुल ३७ मेगावाट क्षमताको काबेली र १४।९ मेगावाट क्षमताको हेवा जलविद्युत् आयोजनालाई क्षतिपूर्ति दिएर नै आयोजना अगाडि बढाउने सोचमा चिनियाँ कम्पनी रहेको छ । काबेली निर्माण सुरु गर्न लागेको परियोजना हो भने हेवा राष्ट्रिय प्रसारण लाइनमा जोडिन लागेको छ । आयोजनाबाट उत्पादित विद्युत्को परीक्षण प्रसारणसमेत गरिसकिएको छ ।

    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: चीनले राख्यो नेपालबाट लोडसेडिङ हटाउन यस्तो प्रस्ताव Rating: 5 Reviewed By: Shesh Narayan Jha
    Scroll to Top