728x90 AdSpace

  • ताजा ताजा

    गृहमन्त्री कांग्रेसकै भएका बेला प्रहरीले बर्षायो कांग्रेसकै मान्छेमाथि लाठी


    काठमाण्डौँ, २५ साउन, २०७३– नेविसंघको महाधिवेशन स्थल भृकुटीमण्डलमा मंगलबार प्रहरीले नेविसंघका कार्यकर्तामाथि लाठीचार्ज गरेको छ ।


    महाधिवेशनमा अध्यक्षको उम्मेदवारी दिएका कुन्दन काफ्ले नेतृत्वको एक समूह बन्द सत्रको माग गर्दै नारा, जुलुसका साथ अधिवेशनस्थल छिर्न खोजेपछि प्रहरीले लाठीचार्ज गरेको एक विद्यार्थी नेताले बताए ।

    १३ वर्षपछि बल्लतल्ल भएको महाधिवेशनमा आन्तरिक विवाद भएपछि बन्द सत्रको टुंगो लाग्न सकेको छैन ।

    अझ रोचक कुरा त के छ भने कांग्रेसकै तर्फबाट विमलेन्द्र निभि गृहमन्त्री रहेका बेला उसकै विधार्थीमाथि लाठीचार्ज भएपछि महाधिवेशनस्थलमा त्यसको पनि चर्चा भएको छ । अहिले महाधिवेशनस्थलमा सुरक्षा व्यवस्था निकै कडा पारिएको छ । काठमाण्डु टुडेबाट
    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: गृहमन्त्री कांग्रेसकै भएका बेला प्रहरीले बर्षायो कांग्रेसकै मान्छेमाथि लाठी Rating: 5 Reviewed By: Shesh Narayan Jha
    Scroll to Top