728x90 AdSpace

  • ताजा ताजा

    अब पूर्वविशष्टहरुलाई सरकारले नपाल्ने

    काठमाडौँ, २२ साउन, २०७३, माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले अब बस्ने मन्त्रिपरिषद् बैठकमा पूर्वउपप्रधामन्त्रीदेखि पूर्वगृहमन्त्री र पूर्वमन्त्रीहरुलाई दिँदै आएको सेवा सुविधा खारेज गर्ने प्रस्ताव ल्याउने भएको छ।


     सरकारको यो प्रस्ताव संसदबाट पारित भएमा अबदेखि राज्यको बार्षिक करोडौं ढुकुटी जोगिने छ। सो प्रस्ताव मन्त्रिपरिषद्बाट पारित भएपछी विधेयकको रुपमा संसदमा पेस गर्ने सरकारको तयारी छ।


    प्रस्ताव अनुसार अब पूर्वपदाधिकारीमा पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वसभामुख र पूर्वप्रधानन्यायाधीशले मात्रै सुबिधा पाउनेछन्।
    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: अब पूर्वविशष्टहरुलाई सरकारले नपाल्ने Rating: 5 Reviewed By: Shesh Narayan Jha
    Scroll to Top