728x90 AdSpace

  • ताजा ताजा

    चिनियाँ राष्ट्रपति नेपाल आउने


    काठमाण्डौँ, २५ साउन, २०७३– नेपालमा हालै भएको सत्ता परिवर्तनका कारण चिनियाँ राष्ट्रपति सी जिनपिङको यही वर्ष हुने भनिएको नेपाल भ्रमण प्रभावित नहुने चीनका एक प्रकावशाली विज्ञले बताएका छन् ।


    हाल नेपाल भ्रमणमा रहेका चाइना इन्स्टिच्युट अफ इन्टरनेशनल ९सीआईसीआईआर० का अध्यक्ष जी चियेले चीन अध्ययन केन्द्रद्वारा सोमबार साँझ आयोजित कार्यक्रममा यस्तो बताएका हुन् ।


    सीआईसीआईआर चिनियाँ राष्ट्रपति सी जिनपिङ नेतृत्वको स्टेट काउन्सिल मातहत रहने बौद्धिक संस्था हो ।


    ‘यही वर्ष हाम्रा राष्ट्रपतिको नेपाल भ्रमण हुनेछ र यसबाट दुई देशबीचको सम्बन्ध अझै प्रगाढ हुनेछ’, उनले भने । केपी ओली नेतृत्वको सरकारमा बहिर्गमनपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा बनेको नयाँ कार्याकालमा चिनियाँ राष्ट्रपतिको भ्रमण नुहने को कि भन्ने आशंका रहेका बेला जीको यस्तो भनाइ आएको हो ।
    दुई मिनेटको मन्तव्यका क्रममा चिनियाँ विज्ञ जीले नेपाल–भारत सम्बन्ध सुदृढ होस् भन्ने चीनको चाहना रहेको बताए ।  ‘भारतसँग असल सम्बन्ध राख्न चीनले नेपाललाई प्रोत्साहित गर्दै आएको छ’, उनले भने ।
    अन्नपूर्ण पोष्टबाट

    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: चिनियाँ राष्ट्रपति नेपाल आउने Rating: 5 Reviewed By: Shesh Narayan Jha
    Scroll to Top