728x90 AdSpace

  • ताजा ताजा

    कम्युनिष्ट नेताले खोले नयाँ पार्टी

    काठमाडौं, ३ भदौ, तत्कालिन माओवादीमा क्रियाशील भएका माओवादी नेता कार्यकर्ताले कम्युनिष्ट केन्द्र बनाएका छन् ।


    माओवादी शान्ति प्रक्रियामा आएयता असन्तुष्ट तीन दर्जन नेता कार्यकर्ताको सक्रियतामा माओवादी कम्युनिष्ट केन्द्र बनाएका थिए ।

    दिनेश महताको नेतृत्वको बनेको माओवादी कम्युनिष्ट केन्द्रबाट असन्तुष्ट समूहले शुक्रबार फेरि अर्को नयाँ पार्टी घोषणा गरेका छन् ।

    माओवादी कम्युनिष्ट केन्द्रका उपाध्यक्ष डीपी जैसीको नेतृत्वमा कम्युनिष्ट केन्द्र नेपालको घोषणा गरेका छन् । कुनै अस्तित्वमा नै नरहेको माओवादी कम्युनिष्ट केन्द्रमा रहेका जैसीसहित तपबहादुर खत्री, केपी गौतम लगायतले दिनेशसँग असन्तुष्ट जनाउँदै नयाँ पार्टी घोषणा गरेका हुन् ।

    सल्यान थारमारेका जैसी २०५४ सालदेखि नै माओवादी युद्धमा होमिएका थिए । जैसीले आफूहरुको पार्टीले शान्तिपूर्ण रुपमा नै आफ्नो गतिविधि अघि बढाउने बताए ।
    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: कम्युनिष्ट नेताले खोले नयाँ पार्टी Rating: 5 Reviewed By: Shesh Narayan Jha
    Scroll to Top