728x90 AdSpace

  • ताजा ताजा

    पूर्वराष्ट्रपति यादवले अमेरिका जानुपर्ने भन्दै सरकारसँग खर्च मागे

    काठमाडौँ, ९ भदौ– पूर्वराष्ट्रपति रामवरण यादवले उपचारका लागि अमेरिका जानुपर्ने भन्दै सरकारसँग रकम मागेका छन् । भारतको चण्डिगढमा हालै भएको उपचारपछि अमेरिका जानुपर्ने भन्दै पूर्वराष्ट्रपति यादवले सरकारसँग खर्च मागेका हुन् ।


    अमेरिकामा हुने उपचारका लागि आर्थिक व्यवस्था मिलाउन आग्रह गर्दै बुधबार उनका स्वकीय सहायक किरण पन्थीले मुख्य सचिव सोमलाल सुवेदीलाई भेटेर पत्रसमेत बुझाएका छन् ।

    यादव प्रोस्टेट ट्युमर (पिसाबसम्बन्धी समस्या) का कारण बिरामी भएर साउन तेस्रो साता चण्डिगढ गएका थिए । पुष्पकमल दाहाल नेतृत्व सरकारको पहिलो मन्त्रिपरिषद बैठकले भारतमा भएको उनको स्वास्थ्योपचारका लागि १० लाख रुपैयाँ दिने निर्णय गरेको थियो । उक्त रकम यादवले बुझिसकेका छैनन् । कान्तिपुर दैनिकबाट

    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: पूर्वराष्ट्रपति यादवले अमेरिका जानुपर्ने भन्दै सरकारसँग खर्च मागे Rating: 5 Reviewed By: Shesh Narayan Jha
    Scroll to Top