728x90 AdSpace

  • ताजा ताजा

    अब मोटरसाइकल चलाउन पेट्रोल होइन पानी नै काफी हुने...



    एजेन्सी– इन्धको बढ्दो खपत सँगै बढेको व्यवभार तथा धुवाँले वातावरणमा पारेका प्रभावलाई हेर्दा जो सुकै मानिसहरु पनि यो सोँच्दछन् की यदि पानीबाट गाडी चल्ने भए कस्तो होला ?


    इस्तो सोँचाई कोरा कल्पना मात्रै लाग्नसक्छ । तर अब यो कल्पना तथा सपना मात्र रहेन, यथार्थ बनिसकेको छ ।

    ब्राजिलको साओपाओलोमा रहने रिकार्डो एजवेडोइस नामका एक व्यक्तिले पानीबाट बाइक चलाइदिएका छन् ।

    वेबपोर्टल आरटी नेटवर्कका अनुसार रिकार्डोले साधारण मोटरसाइकलमा मेकानिकल परिवर्तन गरी त्यसलाई पेट्रोलको साटो पानीले चल्ने बनाएका हुन् । यसको नाम टी पावर एच टू ओ राखेका छन्।  यसरी पानीले चल्ने बाइकको माइलेज पनि अचम्मसँगै उच्च छ । एक लिटर पानीले यो बाइकले ५ सय किलोमिटर यात्रा गर्न सकिन्छ ।

    यो बाइक पूर्णरुपमा पर्यावरणमैत्री रहेको बताइएको छ । यसले कार्वनमोनोअक्साइडको साटो पानीको वाफ मात्र छाड्दछ ।

    यो बाइक बनाउने युवा वैज्ञानिक रिकार्डोका अनुसार पानीबाट बाइक चलाउने प्रविधि बनाउनका लागि निकै आधारभूत प्रविधिको प्रयोग गरिएको छ । यो बाइकमा पानी भर्नका लागि ट्यांकी रहेको छ । यसमा पानी हालेपछि ब्याट्रीको माध्यमले पानीबाट हाइड्रोजन निस्कन्छ । सोही हाइड्रोजनले बाइकको इन्जिन चल्दछ ।

    रिकार्डो अब आफ्नो बाइकलाई परीक्षणका लागि तयार पारेका छन् । यदि परीक्षण सफल भएमा यो परिवहन क्षेत्रमा नयाँ क्रान्ति हुनेछ । अनलाइन खबरबाट
    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: अब मोटरसाइकल चलाउन पेट्रोल होइन पानी नै काफी हुने... Rating: 5 Reviewed By: Shesh Narayan Jha
    Scroll to Top