728x90 AdSpace

  • ताजा ताजा

    प्रचण्डले गरे ३ करोड नेपाली खुसी हुने काम


    काठमाण्डौँ, २८ साउन, २०७३– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल सरकारका परराष्ट्र सचिव शंकरदास बैरागीलाई आफ्नै निवास बालुवाटार बोलाएर खाडी मुलूकको जेलमा रहेका नेपालीहरुको ठोस तथ्याङ्क दिन निर्देशन दिएका छन्।


    शुक्रबार दिउसो परराष्ट्र सचिवलाई बोलाएर प्रधानमन्त्रीले खाडी मुलूकको जेलमा रहेका नेपालीहरुको तथ्याङ्क तत्काल माग गरेका हुन् ।

    प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार उनले साउदी, कतार, दुबै लगायतका खाडी मुलूकमा रहेका नेपालीको उद्धारका लागि तथ्याङ्क माग गरेका हुन् । सो क्रममा प्रधानमनत्रीले परराष्ट्र सचिवलाई भने ‘ खाडी मुलूकमा कति नेपाली बन्दी जीवन बिताइरहेका छन् ? कति कम्पनि टाट पल्टिएर नेपालीहरु कामबिहीन भएका छन् ? त्यसको ठोस तथ्याङ्क बनाएर तत्काल मलाई बुझाउनुहोला ।’

    भेटमा प्रधानमन्त्रीले खाडी मुलूकमा बन्दीजीवन बिताइरहेका रामचन्द्र तिमिल्सिनाको अवस्थाबारे परराष्ट्र सचिवसँग जानकारी लिएका थिए।



    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: प्रचण्डले गरे ३ करोड नेपाली खुसी हुने काम Rating: 5 Reviewed By: Shesh Narayan Jha
    Scroll to Top