728x90 AdSpace

  • ताजा ताजा

    माओवादी नेताले पार्टी छाडे


    भक्तपुर, १४ भदौ– प्रमुख राजनीतिक पार्टीका केन्द्रीय तथा जिल्लास्तरका नेताहरु संघीय नवराष्ट्र कम्युनिष्ट पार्टी नेपालमा प्रवेश गरेका छन् ।


    नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राप्रपा नेपाल, नेमकिपा लगायतका पार्टीका केन्द्रिय तथा जिल्लास्तरका नेताहरु संघीय नवराष्ट कम्युनिष्ट पार्टी नेपालमा प्रवेश गरेका हुन् ।

    सो पार्टीले मंगलबार रफत सञ्चार क्लबमा विशेष कार्यक्रम आयोजना गरी पार्टीमा प्रबेश गराएको हो ।

     नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रिय सदस्य लालकृष्ण घिमिरे, राप्रपा नेपालका भक्तपुर जिल्ला सदस्य दिपक थापा, नेकपा एमाले भक्तपुर जिल्ला कमिटि सदस्य  बिन्दा पुरी लगायतका एक दर्जन भन्दा बढि नेता तथा कार्याकर्ता संघीय नवराष्ट्र कम्युनिष्ट पार्टी नेपालमा प्रवेश गरेका हुन् ।


    टिका लगाएर पार्टी प्रबेशीहरुलाई स्वागत गर्दै संघीय नवराष्ट कम्युनिष्ट पार्टी नेपालका अध्यक्ष गोपाल पोखरेलले विभिन्न पार्टी परित्याग गरी आफ्नो पार्टीमा आउने व्यक्तिलाई उहाँहरुको योग्यता, क्षमता र दक्षताको आधारमा जिम्मेवारी प्रदान गर्ने विश्वास दिलाए ।

    ठूलो पार्टीहरु सत्तामोहमा फसेको र राष्ट्रियता संकटमा पार्दै गएकाले ती पार्टी परित्याग गरी आफ्नो पार्टीमा प्रब््ेश गर्ने लहर चलेको उनको भनाइ छ । फरक प्रसंगमा उनले आगामी चैतभित्रै स्थानीय तहको निर्वाचन गरी स्थानीय तहमा जननिर्वाचित प्रतिनिधि बाहाली गर्नुपर्ने बताए ।


    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: माओवादी नेताले पार्टी छाडे Rating: 5 Reviewed By: Shesh Narayan Jha
    Scroll to Top