728x90 AdSpace

  • ताजा ताजा

    अब जनताको सेवा गर्न सरकारी पदमा बसेर राजनीति गर्ने कर्मचारीको जागिर चट् हुने !

    काठमाण्डौँ, २३ साउन, २०७३– सरकारले राजनीतिमा प्रत्यक्ष सम्बन्ध राख्ने र राजनीतिक दलको सदस्यता लिने निजामती कर्मचारीलाई बर्खास्त गर्नेसम्मको कानुन ल्याउन आन्तरिक गृहकार्य थालेको छ । निजामती कर्मचारीले राजनीतिक दलको सदस्यता लिने तथा सरकारी काम छोडेर खुलेआम राजनीतिक दलको प्रचार–प्रसारमा लाग्ने प्रवृत्ति बढेकाले सरकारले त्यस्तो गृहकार्य थालेको हो ।


     केही समयअघि सामान्य प्रशासन मन्त्रालयले धुलिखेलमा आयोजना गरेको ‘संघीयता कार्यान्वयनका सवाल’ विषयक दुईदिने अन्तरसंवादमा सहभागी सचिव तथा पूर्वसचिवलगायतका उच्च प्रशासकले ट्रेड युनियनका नाममा कर्मचारीले खुलेआम राजनीति गर्दै आएको भन्दै मुख्यसचिव डा. सोमलाल सुवेदीको ध्यानाकर्षण गराएका थिए ।

    उच्च प्रशासकले गम्भीर रूपमा यस्तो कुरा उठाएपछि मुख्यसचिव सुवेदीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग समेत यस विषयमा छलफल गरी कानुन ल्याउन सुझाब दिएका थिए । तर, प्रधानमन्त्री ओलीले ‘रेस्पोन्स’ नगरेको मुख्यसचिव डा। सुवेदीले नयाँपत्रिकासँग बताए ।

    ‘मैले राजनीतिक दलमा आबद्ध भएका कर्मचारीलाई एक महिनाको समय दिएर कि जागिर छाड्न कि दलको सदस्यता त्याग्न समय दिने प्रस्ताव गरेको थिएँ, तर प्रधानमन्त्रीज्यूले कुनै रेस्पोन्स गर्नुभएन,’ मुख्यसचिव सुवेदीले भने । कर्मचारीबाट निजामती सेवा ऐनको पालना नभएकाले अराजकता बढेको मुख्यसचिवको भनाइ छ ।
    ट्रेड युनियनयमा आबद्ध कर्मचारीले राजनीति गर्ने र उनीहरूलाई दलका मन्त्रीले धाप लगाउने प्रवृत्तिले राजनीति र प्रशासन दुवैलाई प्रदूषित बनाउँदै लगेको मुख्यसचिव सुवेदीले बताए । उनले भने, ‘कर्मचारीलाई खुलेआम राजनीति गर्न दिनु हुँदैन भनेर मैले शुद्धीकरण अभियान थालेको हुँ । अभियान जारी छ ।’

    सरकारका उच्चस्तरका प्रशासकले राजनीति गर्ने कर्मचारीलाई बर्खास्त गर्नेसम्मको कानुन ल्याउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र सामान्य प्रशासन मन्त्रालयलाई निरन्तर दबाब दिन थालेको स्रोतले जनाएको छ । महिनामा एकपटक बस्ने सचिवहरूको बैठकमा पनि यस विषयले बारम्बार प्रवेश पाउँदै आएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीका अनुसार खुलेआम राजनीति गर्ने कर्मचारीलाई बर्खास्त गर्ने गरी कानुन ल्याउन उच्चप्रशासकले दबाब दिइरहेका छन् । नयाँ पत्रिकाबाट
    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: अब जनताको सेवा गर्न सरकारी पदमा बसेर राजनीति गर्ने कर्मचारीको जागिर चट् हुने ! Rating: 5 Reviewed By: Shesh Narayan Jha
    Scroll to Top