728x90 AdSpace

  • ताजा ताजा

    हेर्नुस् त प्रधानमन्त्री प्रचण्ड कति फास्ट !


    काठमाडौँ, ८ भदौ– बुधबार दलित अगुवाहरुले काभ्रे जिल्ला पाँचखाल–६ का अजित ९ढकाल० मिजारको अन्तरजातीय विवाहका कारण हत्या भएको भन्दै त्यसको निष्पक्ष छानबिन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । सो अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले तत्काल गृहमन्त्री, सचिव र आईजिपीलाई बोलाएर जानकारी लिने आश्वासन दिए ।


    अगुवाहरु सिंहदरबार छाडेर गएको केही समयमै प्रधानमन्त्रीले गृहसचिव नारायण गोपाल मलेगो र प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई कार्यकक्षमा बोलाएर घटनाबारे छानबिन समिति बनाउन निर्देशन दिएका छन् ।

    ज्ञापनपत्र बुझेलगत्तै प्रधानमन्त्रीले उनीहरुलाई सिंहदरबार बोलाएर भने, ‘काभ्रे पाँचखालमा दलित युवाको हत्या भएको भन्दै दलित नेताहरुले ज्ञापनपत्र बुझाउनुभएको छ । यसको यथार्थ के हो?   निष्पक्ष छानबिनका लागि गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा छानविन समिति बनाउनुस् र आवश्यक कार्वाहीको प्रक्रिया अगाडि बढाउनुहोस् ।’

    भेटमा गृहसचिव मलेगो र महानिरीक्षक अर्यालले प्रधानमन्त्रीको निर्देशन बमोजिम तत्कालै छानबिन समिति बनाउने प्रतिवद्धता जनाए ।

    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: हेर्नुस् त प्रधानमन्त्री प्रचण्ड कति फास्ट ! Rating: 5 Reviewed By: Shesh Narayan Jha
    Scroll to Top