728x90 AdSpace

  • ताजा ताजा

    किन दिए जापानका राजदूतले केपी ओलीलाई धन्यवाद ?

    काठमाण्डौँ, २४ साउन, २०७३– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि जापानका राजदूत मासाशी ओगावाबीच सोमबार भेटवार्ता भएको छ ।


    एमाले पार्टी कार्यालय धुम्बाराहीमा उनीहरुबीच भेटवार्ता भएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

    भेटवार्तामा जापानका राजदूत ओगावाले ओली प्रधानमन्त्री भएका बेला दुई देशबीचको सम्बन्ध थप उचाइमा पु¥याएको बताउँदै कार्यकाल सफल भएकामा धन्यवाद दिएका थिए ।

    करिब आधा घन्टा उनीहरुबीच भएको भेटवार्तामा द्विपक्षीय सम्बन्ध र नेपालको राजनीतिक घटनाक्रमका विषयमा पनि छलफल भएको प्रेस संयोजक अधिकारीले जानकारी दिए ।

    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: किन दिए जापानका राजदूतले केपी ओलीलाई धन्यवाद ? Rating: 5 Reviewed By: Shesh Narayan Jha
    Scroll to Top