728x90 AdSpace

  • ताजा ताजा

    प्रचण्डले गरे लाखौँ जनता खुसी हुने अर्को राम्रो काम


    काठमाडौँ, ६ भदौ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यातायात सम्बन्धि कामलाई प्रभावकारी, सुलभ र जनमैत्री बनाउन निर्देशन दिएका छन् ।


    सोमबार बिहान भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक र यातायात सचिवलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले तत्काल सेवा प्रदायक कार्यालय थप्न निर्देशन दिएका हुन् ।

    प्रधानमन्त्रीले उपत्यकामा सवारी चालक अनुमति पत्र, लाइसेन्स, बिलबुकको नवीकरण, रुट परमिट लगायतका कामलाई सेवाग्राहीको चाहनाअनुसार सहज बनाउन उपत्यकामा भक्तपुरमा १ र काठमाण्डुमा थप २ कार्यालय थपेर छिटो सेवा दिने व्यवस्था गर्न निर्देशन दिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।  हुन् ।
    प्रधानमन्त्रीले ‘सवारी चालक अनुमति पत्रको लिखित परीक्षाका लागि स्कूल, कलेजको घर भाडामा लिएर एकैचोटी चार, पाँच हजारको संख्यामा परीक्षा दिन सकिने व्यवस्था गर्न, अनलाइन फारमको व्यवस्था गर्न, नवीकरण, रुट परमिट लगायतका कामलाई अनलाइन प्रणालीबाट प्रारम्भ गर्न, कलेजका स्वयम्सेवा गर्न चाहने विद्यार्थीहरुलाई अभिमूखीकरण तालिम दिएर काममा खट्नसक्ने व्यवस्था गर्न पनि निर्देशन दिएका छन् ।

    भेटमा मन्त्री लेखकले आवश्यक गृहकार्य गरेर प्रधानमन्त्रीको निर्देशन कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएका थिए ।
    हाल देशका अन्य यातायात कार्यालयमा लाइसेन्स परीक्षा स्थगित गरेर काठमाण्डुबाट मात्र गर्दा हजारौं मानिस मर्कामा परेका छन् । दैनिक हजारौं मानिस मध्यरात देखि लाइनमा बसेर पनि लाइसेन्स परीक्षा दिनबाट बञ्चित भैरहेको अवस्थामा प्रचण्डले यस्तो निर्देशन दिएका हुन् ।

    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: प्रचण्डले गरे लाखौँ जनता खुसी हुने अर्को राम्रो काम Rating: 5 Reviewed By: Shesh Narayan Jha
    Scroll to Top