728x90 AdSpace

  • ताजा ताजा

    नेपालमा सुरुङमार्ग बनाउन जापानले दिने भयो १८ अर्ब


    काठमाडौँ, १५ भदौ– प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपालको तीनदिने औपचारिक भ्रमणमा रहनुभएका जापानका विदेश राज्यमन्त्री नोबु किसाइले आज प्रधानमन्त्री कार्यालयमा शिष्टाचार भेट गरेका छन् ।


    सो अवसरमा प्रधानमन्त्रीले काठमाडौँ–नौबिसे सुरुङ मार्ग निर्माणका लागि ठूलो रकम आवश्यक पर्ने भएकाले त्यसमा जापान सरकारको सहयोगको अपेक्षा जनाए ।

    राज्यमन्त्री किसाइले काठमाडौँ नौबिसे सुरुङ मार्ग निर्माणका लागि सहयोग गर्न प्रधानमन्त्रीले राखेको प्रस्तावप्रति समर्थन गर्दै जापानको तर्फबाट १८ अर्ब बराबरको सहयोग दिलाउन प्रक्रिया अघि बढाउने बचन दिए।

    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: नेपालमा सुरुङमार्ग बनाउन जापानले दिने भयो १८ अर्ब Rating: 5 Reviewed By: Shesh Narayan Jha
    Scroll to Top