728x90 AdSpace

  • ताजा ताजा

    विदेशमा अलपत्र परेका नेपालीलाई तत्काल नेपाल झिकाउन प्रधानमन्त्रीको कडा निर्देशन


    काठमाण्डौँ, २४ साउन, २०७३– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशमा अलपत्र परेका नेपालीको विषयमा तत्काल उचित कदम चाल्न निर्देशन दिएका छन् ।


    सोमबार परराष्ट्र सचिव शंकरदाश बैरागीलाई टेलिफोन गरी प्रधानमन्त्रीले विगत लामो समयदेखि साउदी अरेबियामा अलपत्र परेका सयौँ र श्रीलंकामा अलपत्र परेका ४५ जना नेपालीको विषयमा तत्काल एक्सन लिन निर्देशन दिएका हुन् ।

     तेलको मुल्यमा आएको गिरावटसँगै साउदी अबेरियामा देखिएको आर्थिक संकटको प्रत्यक्ष मारमा कामको शिलशिलामा गएका सयौँ नेपाली परेको समाचार संचार माध्यममा आएपछि प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन् ।

    प्रधानमन्त्रीका स्वकीय सचिव मनोहरी तिमिल्सीनाका अनुसार प्रधानमन्त्रीले साउदी अरेबियासँगै रोजगारीको शिलशिलामा श्रीलंकामा गएका ४५ जना महिलाको उद्धारका लागि पहल गर्न समेत परराष्ट्र सचिवलाई निर्देशन दिएका छन् ।

    ‘प्रधानमन्त्रीजीले परराष्ट्र सचिवलाई टेलिफोन गरी साउदी अरेबीया र श्रीलंकामा अलपत्र परेका नेपालीलाई तत्काल त्यही रोजगारीको व्यवस्था मिलाउने काम गर्नुस् भन्नुभयो’, प्रधानमन्त्रीको भनाइ उदृढ गर्दै तिमिल्सीनाले काठमाण्डु टुडेसँग भने, ‘उहाँले यदी त्यसो हुन सकेन भने सरकारी खर्चमा उनीहरुलाई नेपाल झिकाउनुस् भन्ने निर्देशन दिनुभएको छ ।’

    साउदी अरेबियामा आर्थिक संकट परेपछि हजारौँ भारतीयसँगै सयौँ नेपालीले रोजगारी गुमाएका थिए । भारतले आफ्ना देशका नागरिकलाई स्वदेश झिकाएपनि नेपालको तर्फबाट कुनै पहल हुन सकेको थिएन । त्यसैगरी श्रीलंकामा कामको शिलशिलामा गएका महिलाहरु पनि विगत केही समयदेखि अलपत्र परेका छन् ।

    काठमाण्डु टुडेबाट

    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: विदेशमा अलपत्र परेका नेपालीलाई तत्काल नेपाल झिकाउन प्रधानमन्त्रीको कडा निर्देशन Rating: 5 Reviewed By: Shesh Narayan Jha
    Scroll to Top