728x90 AdSpace

  • ताजा ताजा

    गगन थापाले पड्काउने भए मन्त्री पद


    काठमाडौँ, ८ भदौ– कांग्रेसबाट मन्त्री बन्नेको सूचीमा युवा नेता गगन थापाको नाम पनि समावेश गरिएको छ ।
    बुधबार नै सपथ ग्रहण गराउने गरी कांग्रेसले छनेको मन्त्रीको सूचिमा कृष्ण सिटौला पक्षबाट गगन थापाको नाम करिब करिब पक्का भएको हो ।


    सिटौला पक्षबाट थापा र भीमसेनदास प्रधानको नाम आएता पनि अन्तिममा थापा नै मन्त्री हुने सम्भावना बलियो रहेको स्रोत बताउँछ । उनले सहरी विकास मन्त्रालय पाउने चर्चा छ ।

    यसअघि उनका ससुरा अर्जुननरसिंह केसी पनि मन्त्री बन्न लागेकाले ससुरा–ज्वाँइ एउटै सरकारमा सहभागी हुन नहुने भन्दै विरोध भएको थियो । तर,                                                                  सिंहको देउवा र थापाकोे नाम सिटौला प्यानलबाट सिफारिस भएकाले उनको मन्त्री बन्ने सम्भावना बढेको हो ।

    पार्टीभित्र र बाहिर निकै रुचाइएका थापाका लागि यो काम गरेर देखाउने ठूलो अवसर हुनसक्छ । यसले उनको राजनीतिक क्यारियरमा समेत प्रभाव पार्ने छ । त्यसैले उनी मन्त्री बनेमा उनीसामू ठूलै चुनौति रहने छ ।

    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: गगन थापाले पड्काउने भए मन्त्री पद Rating: 5 Reviewed By: Shesh Narayan Jha
    Scroll to Top