728x90 AdSpace

  • ताजा ताजा

    प्रचण्डले देखाए काम गर्ने संकेत



    काठमाण्डौँ, २३ साउन, २०७३, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्पपीडितलाई ४५ दिनभित्र पहिलो किस्ताको राहत रकम उपलब्ध गराउन निर्देशन दिएका छन् ।


    आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सबै मन्त्रालयका सचिवहरुलाई बोलाएर प्रधानमन्त्रीले सो निर्देशन दिँदै सरकारले सुधार गर्नुपर्ने कामबारे तीन दिनभित्र सुझाव दिन समेत आग्रह गरेका छन् ।

    ‘मन्त्रालयका प्राथमिकताहरुका विषयमा तीन दिनभित्र कार्ययोजना ल्याउन आग्रह गर्दै प्रचण्डले जनताले परिवर्तन अनुभूत गर्ने गरी आफूलाई रिजट चाहिएको बताए ।

    छलफलमा प्रचण्डले भने, ‘हामीसँग समय एकदमै कम छ । हरेक दिनको रिजल्ट ग्राफ देखिने गरी चाहियो । दायाँ(बायाँ भयो भने आवश्यक स्टेप लिन्छु । म क्रम भंग गर्ने मान्छे हुँ ।’
    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: प्रचण्डले देखाए काम गर्ने संकेत Rating: 5 Reviewed By: Shesh Narayan Jha
    Scroll to Top