728x90 AdSpace

  • ताजा ताजा

    यसरी छाड्नुस् हस्त मैथुन गर्ने बानी...

    हस्त मैथुन बयस्क पुरुष तथा महिलाका लागि कुनै अनौठो विषय होइन् । प्राकृतिक यौन संसर्गको ब्यवस्था नहुँदा बयस्कहरुले सामान्यतः हस्त मैथुन गर्छन् ।

    एक सातामा ३ देखि ७ पटक सम्म हस्त मैथुन गर्ने बानी छ भने यसलाई सामान्य नै मानिन्छ । तर त्यस भन्दा बढी हस्त मैथुन गर्नु हुन्छ भने सम्झिनुस् तपाइँलाई यसको लत नै लागि सक्यो ।
    हस्तमैथुन प्राकृतिक मैथुनको अभावमा राम्रो विकल्प त हो तर यो गर्दा ध्यान पुर्‍याइएन भने यसका नकारात्मक प्रभाव पनि छन् ।

    हस्त मैथुन गर्दा हातमा केही समस्या छ भने त्यसले यौनाङ्गमा नकारात्मक असर पनि पार्न सक्छ । कतिपय अवस्थामा अत्याधिक मैथुन गर्दा यौनाङ्ग सुन्निने समस्या समेत हुन्छ । त्यतिमात्र होइन अत्याधिक हस्त मैथुनले बाँझोपनको समस्या ल्याउन सक्छ । पुरुषमा विर्यमा शुक्रकिटको अभाव हुने र महिलामा ओभमको संख्या कम हुँदा बच्चा हुन गाह्रो हुने समेत चिकित्सकहरु बताउँछन् ।
    यहाँ हस्तमैथुनको बानी हटाउने केही सरल उपाय प्रस्तुत गरिएको छ ।

    १ तपाइँलाई यौन उत्तेजनामा ल्याउने विषय तथा कुराहरुबाट टाढा बस्नुस् ।
    २ एक्लै बस्ने बानी छोड्नुस् सामाजिक तथा खेलकुदमा ब्यस्त बन्नुस् ।
    ३ शरीरमा उर्जा थप्ने फलफूल र तरकारी सेवन गर्नुस् ।
    ४ यस्तो लतबाट छुट्नका लागि परामर्श लिनुस् ।
    ५ हस्त मैथुनको बानी छोड्नका लागि भित्रै देखि प्रण गर्नुस् ।
    ६ यो लत छुटाउन सघाउने संस्था वा ब्यक्तिसँग सम्पर्क गर्नुस् ।
    ७ धैर्यता राख्नुस् ।

    नेपाली हेडलाइन्सबाट
    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: यसरी छाड्नुस् हस्त मैथुन गर्ने बानी... Rating: 5 Reviewed By: Shesh Narayan Jha
    Scroll to Top