728x90 AdSpace

  • ताजा ताजा

    संविधान संशोधनको माग मधेसबाट होइन, विदेशबाट आयोः प्रदिप ज्ञवाली


    भक्तपुर, १५ भदौ– नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले मधेशी मोर्चाले राखेको संबिधान संशोधनको माग मधेशी जनताको माग नभएको बताएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा बोल्दै ज्ञवालीले मधेशी मोर्चाका केही नेताहरुको ब्यक्तिगत मागलाई मधेशी जनताको माग भन्दै संबिधान संशोधन गर्नु गलत हुने र संबिधान संशोधनका लागि नेपालमा नभएर अन्य मुलुकमा छलफल हुनुले समेत मधेशी जनताको माग नभई केही नेताहरुकै माग भएको स्पष्ट भएको बताए ।


     उनले जायज मागहरुको सम्बोधनका लागि बिगतमै एमालेले संबिधान सशोधनका लागि महत्वपूर्ण भूमिका खेलेको सबैका अघि प्रष्ट भएको भन्दै जायज माग बाहेक केही नेताहरुको स्वार्थ पुरा गर्न संबिधान संशोधनका लागि एमाले कदापी तयार नहुने बताए ।

    केपी शर्मा ओलीको नेतृत्वको सरकारले गरेका कामहरु जसरी वर्तमान सरकारले उल्टाउँदै छ यसले राजनीतिक दलहरुबीचको दुरी बढाउनुका साथै नयाँ प्रकारको राजनीतिक द्वन्द्वको अवस्था देखिएको ज्ञवालीले बताए । उनले एमाले जसरी पनि निर्वाचन हुनु पर्ने पक्षमा रहेको र संबिधान कार्यान्वन र यसको रक्षाका लागि समेत निर्वाचन अपरिहार्य रहेकाले निर्वाचन गराउनु पर्ने भन्दै ज्ञवालीले यदि निर्वाचन नभए देशमा संबैधानिक संकट देखिने र यसले संबिधान कार्यान्वयनमा अप्ठेरो स्थिति श्रृजना गर्ने उनको भनाई छ । बिशेष परिस्थितिमा अन्य मूलुकमा दुतहरु पठाउने परम्परा रहेता पनि वर्तमान सरकारको गठबन्धनसँगै जसरी नेपालका दुई छिमेकी देशमा दुतहरुको दौडाहा गरियो यो गलत भएको ज्ञवालीले टिप्पणी गरे । उनले भन्नु भयो प्रचण्डले प्रधानमन्त्री भए पछि भारतका प्रधान मन्त्रीलाई जसरी पत्रचार गरे त्यो कुटनीतिक मर्यादा भन्दा बाहिरको बिषय हो । केपी ओलीको सरकारले अन्य देश सँग रहेको असन्तुलित सम्बन्धलाई सन्तुलनमा ल्याएको र नेपालीको शिर उच्चो पार्ने काम गरेता पनि वर्तमान सरकारले फेरी असन्तुलित सम्बन्धको बिस्तार गर्दै छ यसले नेपाल र नेपालीका लागि दिर्घकालिन असर पार्ने उनले बताए ।

     नेपालमा प्रत्यक्ष रुपमा देखिएको बैदेशिक हस्तक्षेप सबैका अघि स्पष्ट भएकाले राजनीतिक दलहरुले बेलामै आफ्नो देशको रक्षाका लागि एक हुन नसके त्यसको प्रभाव भोलीको पीडिले भोग्नु पर्ने भन्दै ज्ञवालीले भन्नु भयो राजनीतिक द्वन्द्व निम्ताउँदै लाभ लिनेहरुका अघि नेपालकै राजनीतिक दलहरु सजग हुन सके कसैले केही गर्न सक्ने छैनन् । 
    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: संविधान संशोधनको माग मधेसबाट होइन, विदेशबाट आयोः प्रदिप ज्ञवाली Rating: 5 Reviewed By: Shesh Narayan Jha
    Scroll to Top