728x90 AdSpace

  • ताजा ताजा

    राणालाई मार्न भारतको सिलगुढीमा ८० हजार रुपैयाँ पेश्की आएको खुलासा

    काठमाण्डौँ, १ भदौ, २०७३– प्रहरीले चलचित्र निर्माता रोज राणामाथि खुकुरी प्रहार गर्ने दुई जनालाई बुधबार पक्राउ गरेको छ ।


    महानगरीय हपराध महाशाखाका प्रवक्ता एसपी सहकुल थापाका अनुसार पक्राउ पर्नेमा भक्तपुर सिद्धपोखरीका विवेचन प्रजापति र सूर्य लामा छन् । आक्रमणका मुख्य योजनाकार रत्नबहादुर लामा भने फरार रहेको प्रहरीले जनाएको छ ।

    प्रजापति र लामाले राणामाथि सोमबार काठमाण्डौँको मध्यबानेश्वरस्थित एक क्याफेमा कुखुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट राणाको दाहिने हातमा चोट लागेको छ । राणाको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।

    प्रहरी बयानमा प्रजापतिले राणामाथि आक्रमणका लागि लामाले भारतको सिलगुढीमा ८० हजार रुपैयाँ पेश्की दिएको बताएका छन् । आक्रमणका राणाको मृत्यु भएको अवस्थामा ३० लाख दिने आश्वासन उनले दिएका थिए ।
    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: राणालाई मार्न भारतको सिलगुढीमा ८० हजार रुपैयाँ पेश्की आएको खुलासा Rating: 5 Reviewed By: Shesh Narayan Jha
    Scroll to Top