728x90 AdSpace

  • ताजा ताजा

    प्रचण्डले साउदीमा दुःख पाएका नेपालीलाई झिकाउ भनेपछि साउदीबाट आयो खबर

    काठमाण्डौँ, २५ साउन, २०७३– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले साउदी अरेबिया र श्रीलंकामा अलपत्र परेका नेपालीलाई तत्काल उद्धार गर्न परराष्ट्र सचिव शंकरदास बैरागीलाई निर्देशन दिएको २४ घण्टा नपुग्दै साउदी अरेबियास्थित नेपाली महाबाणिज्यदूतावासले विज्ञप्ति निकालेको छ ।


    दूतावासले विज्ञप्तिमार्फत घर फर्कने चाहने नेपालीलाई निःशुल्क भिसा दिने विषयमा छलफल भइरहेको जनाएको छ । प्रचण्डले साउदीमा अलपत्र परेका नेपालीलाई त्यही अन्य रोजगारीको व्यवस्था गरिदिन वा सरकारी खर्चमा नेपाल झिकाउन निर्देशन दिएपछि उताबाट त्यस्तो जवाफ आएको हो ।


    साउदीमा आर्थिक संकट परेपछि समस्यामा परेका ४१ कामदारमध्ये ६ जनालाई नेपाल पठाइएको र अन्यलाई खानाको प्रबन्ध मिलाइएको सो विज्ञप्तिमा जनाइएको छ ।

    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: प्रचण्डले साउदीमा दुःख पाएका नेपालीलाई झिकाउ भनेपछि साउदीबाट आयो खबर Rating: 5 Reviewed By: Shesh Narayan Jha
    Scroll to Top