728x90 AdSpace

  • ताजा ताजा

    ल हेर्नुस्, मलेसियामा हाम्रा नेपाली दाजुभाइको यस्तो हबिगत बनाइएको छ


    मलेसिया– न्युनतम तलब वृद्धिको माग गर्दै नेपाली श्रमिक हडतालमा उत्रिएपछि मलेसियाको निलाइमा कार्यरत नेपाली बस्ने होस्टलमा कम्पनीले पानी र बिजुली सेवा बन्द गराएको छ ।


    नेगेरी सेम्विलान राज्यमा रहेको एवान ग्लोभ कम्पनीमा कार्र्यरत नेपाली श्रमिकले मलेसिया सरकारले तोकेको न्युनतम तलब उपलब्ध गराउनु पर्ने माग गर्दै आन्दोलन गरेका हुन् । नेपाली श्रमिक हडतालमा उत्रिएपछि कम्पनीको कामसमेत प्रभावित बनेको छ ।
    दुई सय ३० नेपाली ,पाकिस्तानी र बंगलादेशी गरी पाँच सय तीन श्रमिक हडतालमा उत्रिएका छन् । उनीहरूको होस्टलको बिजुली र पानी बन्द भएपछि घर फर्किन पाउनु पर्ने मागसमेत नेपाली श्रमिकले राखेका छन् ।

    न्युनतम तलब बढ्नु पर्ने, आइतबार र बिदाका दिन ओभरटाइमको मूल्य दोब्बर हुनु पर्ने, आइतबार अनिवार्य छुटि हुनु पर्ने, बिजुली पानी र अन्य नाममा काटिने एक सय ३५ रिंगेट रकम काटन नपाइने लगायतका माग श्रमिकका छन् । आन्दोलनमा उत्रिएका स्याङ्जाका आवास थापाका अनुसार कम्पनीले माग पूरा नगरेसम्म हडताल जारी रहनेछ । अन्नपूर्णबाट
    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: ल हेर्नुस्, मलेसियामा हाम्रा नेपाली दाजुभाइको यस्तो हबिगत बनाइएको छ Rating: 5 Reviewed By: Shesh Narayan Jha
    Scroll to Top