728x90 AdSpace

  • ताजा ताजा

    हेर्नुस्, कांग्रेसका मन्त्रीलाई कति रहेछ राष्ट्रियताको माया


    काठमाडौँ, १० भदौ– नेपाली कांग्रेसबाट सरकारमा सहभागी हुने सबै मन्त्रीले नेपालको राष्ट्रिय पोशाकमा सजिएर पद तथा गोपनीयताको सपथ लिएका छन् ।


    तेश्रो पटक मन्त्रीमण्डल विस्तार हुने क्रममा शुक्रबार राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित विशेष समारोहमा शपथ लिने क्रममा कांग्रेसबाट सरकारमा सहभागी १३ मन्त्रीमध्ये सितादेवी यादवले सारी र खरानी रंगको कोट तथा अन्य १२ जनाले दौरा सुरुवाल लगाएका थिए ।

    यसअघि कांग्रेसबाट मन्त्री बनेका रमेश लेखक र माओवादी केन्द्रबाट मन्त्री बनेका राम कार्कीले मात्र दौरा सुरुवाल लगाएर सपथ लिएका थिए । तर, शुक्रबार शपथ लिने अर्जुननरसिंह केसी, प्रकाशशरण महत, बालकृष्ण खाँण, सुर्यमान गुरुङ, शंकर भण्डारी, नविन्द्रराज जोशी, गगन थापा, केशवकुमार बुढाथोकी, दीपक गिरी, रोमी गौचन थकाली र हृदयराम थानीले दौरा सुरुवाल लगाएका थिए, भने सितादेवी यादवले सारी र कोट लगाएकी थिइन् ।

    दौरा सुरुवाल लगाउने केही मन्त्रीले ढोका टोपी त केहीले भादगाउँले टोपी लगाएका थिए ।

    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: हेर्नुस्, कांग्रेसका मन्त्रीलाई कति रहेछ राष्ट्रियताको माया Rating: 5 Reviewed By: Shesh Narayan Jha
    Scroll to Top