728x90 AdSpace

  • ताजा ताजा

    केपी ओली थाइल्याण्ड गएका बेला भयो नसोचेको घटना, हल्लाउन पाएनन् आफ्नै मान्छेसँग विछोडको हात

    काठमाडौँ, १४ भदौ– प्रत्येक वर्ष पूर्व प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी ओली उनकै हातबाट तिहारको टिका थाप्थे । धेरै वर्षअघिदेखि आफ्नै दिदी मानेर टिका थाप्ने यी दिदी–भाईको अन्तिम विछोड हुने बेलामा भेट हुन पाएन ।


    ओली यसबेला थाइल्याण्डको बैंककमा उपचारका लागि गएका छन् । यहिबेला उनले लामो समयदेखि तिहारमा टिका थाप्दै आएकी दिदी विष्णुमाया शिवाकोटीको ७६ वर्षको उमेरमा सोमबार साँझ काठमाण्डुमा निधन भयो । पूर्वप्रधानमन्त्री ओली दिदी विष्णुमायालाई निकै माया गर्ने र आदर्श अभिभावकका रुपमा लिने गर्दथे ।

    अघिल्लो साल प्रधानमन्त्री भएकै बेला दिदी विष्णुमायाको हातबाट ओलीले बालुवाटारमा तिहारको टिका थापेका थिए । विष्णुमायाको निधनसँगै आगामी तिहारमा उनको हातबाट टिका थाप्ने ओलीका रहर र सपना अधुरै रहने भएका छन् ।  बैंकक जानुअघि भेट भएकी दिदी विष्णुमायालाई नेपाल फर्केपछि अब ओलीले कहिल्यै भेट्न पाउने छैनन् ।

    लामो समयदेखि फोक्सोको क्यान्सरबाट पीडित विष्णुमायाको काठमाण्डुको नर्भिक अस्पतालमा उपचार भैरहेको थियो । त्यसअघि ललितपुरको हरिसिद्धि र भारतमा समेत लगेर विष्णुमायाको उपचार गरिएको थियो । विष्णुमायाका जेठा छोरा बालकृष्ण शिवाकोटी एमाले उद्योग विभागका सदस्य र लगानी बोर्डका सदस्य समेत हुन् । हाल गौशला बस्ने उनको पुख्र्यौली घर दोलखाको सुनखानी हो । विष्णुमायाको सोमबार बेलुकै आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।
    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: केपी ओली थाइल्याण्ड गएका बेला भयो नसोचेको घटना, हल्लाउन पाएनन् आफ्नै मान्छेसँग विछोडको हात Rating: 5 Reviewed By: Shesh Narayan Jha
    Scroll to Top