728x90 AdSpace

  • ताजा ताजा

    बादलले पाए माओवादी संगठन हाक्ने जिम्मा

    काठमाण्डौँ, ४ भदौ, नेकपा माओवादी केन्द्रले पार्टीको सांगठनिक नेतृत्व रामबहादुर थापा बादललाई दिएको छ । शनिबार बसेको माओवादी केन्द्रीय कार्यालयको बैठकले पार्टीको संगठन विभाग पुर्नगठन गरेको हो ।


    बादलको नेतृत्वमा बनेको संगठन विभागमा १३ सदस्य रहेका छन् । संगठन विभागमा सात प्रदेश इञ्चार्ज, अन्तराष्ट्रिय विभागका प्रमुखसँगै नेता टोपबहादुर रायमाझी, गिरिराजमणि पोखरेल, जयपुरी घर्तीमगर र मणि थापा सदस्य रहेको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।

    नारायणकाजीको नेतृत्वमा सरकार सञ्चालन सहयोग संयन्त्र
    त्यस्तै, शनिबारको माओवादी केन्द्रको बैठकले नेता नारायणकाजी श्रेष्ठको नेतृत्वमा सरकार सञ्चालन सहयोग समिति गठन गरेको छ। श्रेष्ठ नेतृत्वको सरकार सञ्चालन सहयोग संयन्त्रको सदस्यमा कृष्णबहादुर महरा, मातृका यादव, वर्षमान पुन, गिरिराजमणि पोखरेल, देव गुरुङ, टोपबहादुर रायमाझी, हरिबोल गजुरेल, पम्फा भुसाल र तिलक परियार रहेका छन् ।

    प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा लाजिम्पाटमा बसेको बैठकले अन्य राजनीतिक र संगठनात्मक विषयमा छलफल जारी राख्ने निर्णय समेत गरेको भुसालले जानकारी दिइन ।

    त्यस्तै, प्रदेश इच्चार्ज प्रमुख जनार्दशन शर्मा र राम कार्की मन्त्री बनेपछि प्रदेश १ को जिम्मेवारी गोपाल किराँतीलाई दिइएको छ भने प्रदेश ६ को जिम्मेवारी शक्ति बस्नेतलाई दिने निर्णय भएको प्रवक्ता भुसालले जानकारी दिइन ।
    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: बादलले पाए माओवादी संगठन हाक्ने जिम्मा Rating: 5 Reviewed By: Shesh Narayan Jha
    Scroll to Top