728x90 AdSpace

  • ताजा ताजा

    जब राजेन्द्र महतो प्रचण्ड निवास पुगेर जंगिए...


    काठमाडौँ, १३ भदौ– सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । 

    पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीको निर्वाचनमा सघाएको मधेसी मोर्चाको एक घटक सद्भावना पार्टीका अध्यक्ष महतोले प्रधानमन्त्रीलाई भेटेर यसअघि कांग्रेस, माओवादी केन्द्र र मधेस केन्द्रीत दलसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न दबाब दिएका छन् ।

    यसअघि भएको सहमतिअनुसार मधेस आन्दोलनमा मृतकलाई सहिद घोषणा गर्ने र मृतकका परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति पदने काम भएता पनि संविधान संशोधनको प्रक्रिया अघि बढ्न सकेको छैन । जसकारण मधेसी मोर्चामा आवद्ध दलले सरकारलाई दबाब दिन कार्यदल नै बनाएर आफ्ना मागप्रति ध्यानाकर्षण गराइरहेको छ ।

    भेटमा महतोले आफूहरुसँग भएको सहमति तत्काल कार्यान्वयन नभए सरकारप्रति अविश्वास पैदा हुने भएकाले समयमै एक्सन लिन आग्रह गरेका थिए । 

    जवाफमा प्रधानमन्त्रीले कांग्रेस सभापति शेरबहादुर देउवा स्वदेश फर्के लगत्तै संविधान संशोधनको प्रक्रिया अघि बढाउने आश्वासन दिएका थिए । उनले मोर्चासँग भएको सहमति कार्यान्वयनमा आफू दृढ रहेकाले अविश्वास गरिहाल्नुपर्ने कारण नभएको बताएका थिए । 

    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: जब राजेन्द्र महतो प्रचण्ड निवास पुगेर जंगिए... Rating: 5 Reviewed By: Shesh Narayan Jha
    Scroll to Top