728x90 AdSpace

  • ताजा ताजा

    अब युवा विदेशीनु नपर्ने, स्वदेशमै पाउने भए रोजगारी


    काठमाण्डौँ, ३१ साउन, २०७३–  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आर्थिक विकासका लागि आफ्नो नेतृत्वको सरकारले निजी क्षेत्रसँग सहकार्य गर्ने बताएका छन् ।


    प्रधानमन्त्री निवास बालुवाटारमा आज नेपाल चेम्बर अफ कमर्सको एक प्रतिनिधिमण्डलसँगको भेटवार्तामा प्रधानमन्त्रीले राजनीतिक परिवर्तनलाई संस्थागत गर्न आर्थिक विकास जरुरी भएको बताए ।


    आर्थिक विकासका लागि सरकार र निजी क्षेत्र मिलेर नै अगाडि बढ्ने उल्लेख गर्दै उनले रोजगारी अभिवृद्धि गर्ने कार्ययोजना ल्याउन उद्योगी तथा व्यबसायीलाई आग्रह गरे ।


    प्रधानमन्त्रीले भने – ‘लाखौँ युवा वैदेशिक रोजगारीमा गएका छन् । उनीहरुको जीवन कष्टकर अवस्थामा छ । स्वदेशमै रोजगारीको वातावरण नबनाउने हो भने थप जटिलता पैदा हुन्छ । सरकार प्रभावकारी रुपमा कार्ययोजना ल्याउने तयारीमा छ । निजी क्षेत्रको पनि त्यसमा सकारात्मक सहयोग जरुरी छ ।’
    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: अब युवा विदेशीनु नपर्ने, स्वदेशमै पाउने भए रोजगारी Rating: 5 Reviewed By: Shesh Narayan Jha
    Scroll to Top