728x90 AdSpace

  • ताजा ताजा

    राजमार्गमा ‘मृत्युमार्गमा’ परिणत हुँदै



    अमरेन्द्र कुमार यादव
    जनकपुरधाम १८ भदौ ।
    पूर्व–पश्चिम राजमार्ग अन्तर्गत ढल्केवर देखि कमला पुल सम्म र जनकपुर ढल्केवर सडकखण्डमा खाल्डै खाल्डो पर्दा सो राजमार्गमा सञ्चालन हुने सवारी साधनलाई समस्या परेको छ ।

    दैनिकी हजारौ गाडी गुड्ने राजमार्गमा खाल्डो पर्दा पनि सम्बन्धित निकायले सो को मर्मतको लागि खासै चासो देखाएको छैन । दैनिकि सडक डिभिजनका पदाधिकारीहरु पनि सोही सडकमा आवतजागत गर्दा पनि मर्मतको लागि चासो देखाएको छैन् ।राजमार्गको मर्मत सम्भार र संरक्षणकोे जिम्मा सडक विभागअन्तर्गत पर्दछ । 

    सम्बन्धित निकाय कानमा तेल हालेर बसेको कारण राजमार्ग दिनदिनै असुरक्षित बन्दै गएको धारापानीका मुकेश ठाकुर बताउँछन् । सो खाल्डो समयमा नपुर्ने हो भने त्यसले ठूलो दुर्धटना निम्त्याउने मोटरसाईकल चालक हरिकुन्दन महतो बताउँछन् । खाल्डो राजमार्गको बिच तथा छेउछाउहरुमा समेत रहेको कारण त्यसले दुर्धटना निम्तयाउने र ‘धेरै गाडी चल्ने राजमार्गमा खाल्डाखुल्डी राख्नै हुन्न, सम्बन्धित निकायले चाडै पिचिङ गरिदिनुपर्ने’– मोटरसाईकल चालक महतोले थपे ।

    राजमार्गमा तीब्र गतिमा गुडेको सवारीसाधानले नजिकै आएपछि मात्रै खाल्डो देख्ने हुँदा सडक धराप भैm बनेको चालकहरु बताउछन् । एम्बुलेन्स र विरामी झनै मारमा पर्ने चालकहरुको भनाई छ । ‘सडकमा खाल्डाखुल्डी हुँदा विरामीलाई झन् दुःख हुन्छ । खासगरी राती  यात्रा गर्ने सवारीचालकहरुलाई त्यसले निकै समस्या पारेको छ ।


    यसैबीच धनुषाका ट्राफिक प्रमुख ज्ञान कुमार महतो भन्छन,‘सडकमा खाल्डा खुल्डी प्रमुख समस्या हो नै तर अर्को समस्याहरु पनि थुप्रै रहेका छन् । जसमध्ये सडकको धुम्तीमा ट्राफिक संकेत, सडकमा सडक रेखा, पुल नजिक संकेत बे्रकर भएको ठाउँमा सोको संकेतहरु सडकज डिभिजन कार्यालयले समयमै यसको समाधान नगरिदिँदा यसले ठूलै दुर्धटना निमत्याउनेछ ।’

    यस सम्बन्धमा डिभिजन प्रमुख दिनेश अर्यालसँग फोनमा पटक पटक सम्पर्क गर्न चाहे पनि प्रमुखकोे फोन उठेन ।
    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: राजमार्गमा ‘मृत्युमार्गमा’ परिणत हुँदै Rating: 5 Reviewed By: Amrendra yadav
    Scroll to Top