728x90 AdSpace

  • ताजा ताजा

    आखिर किन भन्यो भारतीय मिडियाले नेपाललाई भारतको गुमेको जमीन ?



    एजेन्सी– भारतले चीनलाई मात खुवाउँदै एशियामा आफ्नो पकड फैलाउन थालेको समाचार भारतीय चर्चित मिडिया नवभारत टाइम्सले प्रकाशित गरेको छ । एशियामा एकअर्कालाई बलियो सावित गर्न चीन र भारत लाग्नु कुनै नौलो कुरा नभएको भन्दै समाचारमा पछिल्लो समय भारतले चीनलाई पछि छाडेको उल्लेख छ । विश्लेषणात्मक समाचारमा भनिएको छ, ‘चीनलाई टक्कर दिँदै भारतले एशियामा आफ्नो गुमेको जमीन फिर्ता पाएको छ ।’ समाचारमा विशेष गरी नेपाल र श्रीलंकाको विषयलाई उठान गरिएको छ ।



    नेपालको विषयमा नवभारत लेख्छ, ‘नेपालमा केपी शर्मा ओलीप्रति आवश्यकता भन्दा बढी निर्भर रहनुको फल चीनले भोग्नु परेको छ । ओली जुन भारतविरोधी कार्डको सहायताले चीनको भलो गरिरहेका थिए, त्यो अब विगत बनिसकेको छ ।’


    ओलीले मधेस आन्दोलन र त्यसमा भएको घाटाको जिम्मा भारतको टाउँकोमा राखिदिएको बताउँदै भनिएको छ, ‘अन्नतः उनी असफल भए । पुष्पकमल दाहाल प्रचण्ड पुनः सत्तामा आउनु भारतका लागि राम्रो भएको छ र उनले भारतसँगको सम्बन्धलाई अझ बलियो बनाउने कुरा गरेका छन् ।’


    त्यसैगरी समाचारमा श्रीलंका र माल्दिभ्सको  समेत कुरा उठाइएको छ । नरेन्द्र मोदीको भ्रमण र तत्कालिन प्रधानमन्त्री महिन्द्रा राजपाक्षे प्रधानमन्त्री नरहेपछि श्रीलंकासँग भारतको सम्बन्ध राम्रो भएको बताइएको छ ।

    तर, तीबाहेक दक्षिण एशियाका पाकिस्तान, बंगलादेश, अफगानिस्तान, भुटान र अन्य एशियाली राष्ट्रमा भारत कसरी बलियो भयो भन्ने समाचारमा खुलाइएको छैन । समाचारमा नेपाल, माल्दिभ्स र श्रीलंकाको विषय जोडेर एशियाको बखान गर्न खोजिएको छ ।

    तर, नेपालसहित श्रीलंका र माल्दिभ्समा भारतप्रतिको दृश्टीकोण जनस्तरमा राम्रो छैन । सरकार परिवर्तन भएर यी देशको सरकार र भारतसँग राम्रो सम्बन्ध रहेता पनि जनस्तरमा भने भारतप्रति सकारात्मक प्रतिक्रिया पाउन सकिन्न ।

    त्यसैगरी एशियाका अन्य राष्ट्र पनि भारतसँग टक्कर दिने खालका छन् । उनीहरु कसैको अधिनमा बस्न चाहँदैनन् । काठमाण्डु टुडेबाट साभार–सम्पादक

    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: आखिर किन भन्यो भारतीय मिडियाले नेपाललाई भारतको गुमेको जमीन ? Rating: 5 Reviewed By: Shesh Narayan Jha
    Scroll to Top