728x90 AdSpace

  • ताजा ताजा

    भारतीय राजदूत माधव नेपालको घरमा, आखिर किन ?

    काठमाडौं, २५ भदौ– नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल र नेपालका लागि भारतीय राजदूत रञ्जीत रायबीच भेटवार्ता भएको छ ।



    नेपाल भेट्न उनको निजी निवास कोटेश्वर पुगेका रायले नेपाल र भारतबीचको सम्बन्ध नयाँ उचाईमा पुर्याउनपर्ने बताएका थिए ।

    आफ्नो भारत भ्रमणअघि प्रधानमन्त्री प्रचण्डले नेपालसँग छलफल गरेलगत्तै रायले पनि नेपाललाई भेटेर भ्रमणको विषयमा छलफल गरेको बुझिएको छ ।

    रायले भारत सधै नेपालको प्रगति र नेपाली जनताको पक्षमा रहेको बताउँदै प्रचण्डले गर्न लागेको भारत भ्रमणले दुई देशको सम्बन्ध थप बलियो बनाउन सहयोग मिल्ने विश्वास व्यक्त गरेका थिए ।


    भेटका क्रममा नेता नेपालले नेपाल भारत सम्बन्ध आपसमा लाभ र सम्मानको आधारमा थप बलियो बनाउनुपर्ने बताए ।

    सो अवसरमा पछिल्लो समय भारतसँग एमालेको सम्बन्ध बिग्रन लागेको भन्दै रायले दुःख व्यक्त गरेका थिए । जवाफमा नेपालले कुनै व्यक्ति विशेषले राखेका व्यक्तिगत विचारले सम्बन्धमा कुनै असर नपार्ने बताउँदै रायलाई ढाडस दिएको स्रोतले बतायो ।
    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: भारतीय राजदूत माधव नेपालको घरमा, आखिर किन ? Rating: 5 Reviewed By: Shesh Narayan Jha
    Scroll to Top