728x90 AdSpace

  • ताजा ताजा

    प्रचण्डले गरे अहिलेसम्म कुनै प्रधानमन्त्रीले नगरेको यो काम

    काठमाडौ, २६ भदौ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो आसन्न भारत भ्रमणको विषयमा छलफल गर्न पूर्वप्रधानमन्त्रीहरुलाई बालुवाटार बोलाएका छन् ।


    प्रधानमन्त्रीको भारत भ्रमण्बारे जनचासो बढीरहेका बेला भ्रमणलाई कसरी सफल बनाउने भन्नेबारे पूर्वप्रधानमन्त्रीको धारणा माग तथा छलफलका लागि बिहान १० बजे बालुवाटार बोलाएको प्रधानमन्त्रीको नीजि सचिवालयले जानकारी दिएको छ ।

       पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, केपी शर्मा ओली, झलनाथ खनाल, माधवकुमार नेपाल, लोकेन्द्रबहादुर चन्द र बाबुराम भट्टराईलाई छलफलका लागि बालुवाटार बोलाइएको हो ।  

    पूर्वप्रधानमन्त्रीको छलफलपछि बिहान ११ बजे प्रमुख दलको बैठक समेत बोलाइएको छ । प्रमुख दलको बैठकमासमेत प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल हुनेछ ।

    यसअघि विदेश भ्रमणको पूर्वसन्ध्यामा पूर्वप्रधानमन्त्रीलाई बोलाएर यसरी छलफल गर्ने परम्परा थिएन ।

    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: प्रचण्डले गरे अहिलेसम्म कुनै प्रधानमन्त्रीले नगरेको यो काम Rating: 5 Reviewed By: Shesh Narayan Jha
    Scroll to Top