728x90 AdSpace

  • ताजा ताजा

    महराले चिनियाँ नेता भेटेर किन सोधेनन् राष्ट्रपति सी जिनपिङको भ्रमण स्थगनको कुरा ?


    काठमाडौँ, २७ भदौ–अर्को महिना हुने भनिएको नेपाल भ्रमण स्थगन भए पनि चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपालसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको बताएका छन् ।


    तिब्बतस्थित चिनियाँ कम्युनिष्ट पार्टीका प्रमुख वु इङ जोईले उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरासँग ल्हासामा शनिबार भएको भेटमा राष्ट्रपति सीको नेपाललगायत छिमेकी उच्च प्राथमिकतामा रहेको सन्देश सुनाएका हुन् ।

    उनले चिनियाँ राष्ट्रपतिले छिमेकीसँगको सम्बन्धलाई महत्व दिँदै अघि सारेको ‘पेरिफेरल पोलिसी’ अन्तर्गत नेपालसँगको सम्बन्ध महत्वमा रहेको बताए ।

    मन्त्री महराले नेपाल र चीनबीच उच्चस्तरीय भ्रमण चाँडै हुने अपेक्षा नेपालको रहेको बताएका थिए ।  ‘कूटनीतिक माध्यमबाट चीनबाट उच्चस्तरीय भ्रमण गर्न चीन र हामीबीच गृहकार्य भइरहेको छ । हामी आशावादी छौं, भ्रमण हुनेछ’, चिनियाँ राष्ट्रपतिको भ्रमण स्थगित भएकोतर्फ इंगित गर्दै महराले भने ।

    तर, उनले स्पस्ट रुपमा भ्रमण किन स्थगित भएको भन्नेबारे चिनियाँ नेतासँग सोधेनन् । चिनियाँ राष्ट्रपति भारतको गोवामा असोज अन्तिम साता हुने ‘ब्रिक्स’ सम्मेलनमा सहभागी हुन जाँदा वा फर्किने क्रममा नेपाल भ्रण गर्ने गरी गृहकार्य भइरहे पनि चिनियाँ पक्षले नेपालले ‘वान रोड वान बेल्ट’ परियोजनामा प्रतिबद्धता जनाउन नसकेको भन्दै भ्रमण स्थगित गरेको छ ।
    अन्नपूर्ण पोस्टबाट

    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: महराले चिनियाँ नेता भेटेर किन सोधेनन् राष्ट्रपति सी जिनपिङको भ्रमण स्थगनको कुरा ? Rating: 5 Reviewed By: Shesh Narayan Jha
    Scroll to Top