728x90 AdSpace

  • ताजा ताजा

    प्रचण्ड र गगन थापा मिलेर गरे जनताको मनछुने काम

    काठमाडौँ, २८ भदौ– स्वास्थ्य मन्त्रालयले सात प्रदेशमा मेडिकल कजेल स्थापनाका लागि तत्काल कार्ययोजना अगाडि बढाएको छ ।


    यसका लागि मन्त्रालयले कलेज स्थापनाको स्थानलगायत अन्य कामको सम्भाव्यता अध्ययनको कामसमेत अगाडि बढाएको जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल, स्वास्थ्यमन्त्री गगनकुमार थापा, शिक्षामन्त्री धनिराम पौडेलसहित माथेमा आयोगका सदस्यबीच आज बालुवाटारमा भएको छलफलमा मन्त्रालयले सो जानकारी गराएको हो ।

    प्रधानमन्त्री दाहालले व्यवस्थापिका–संसद्को भदौ २३ गतेको बैठकमा सात प्रदेशमा मेडिकल कलेज स्थापना गर्ने जानकारी दिएका थिए ।


    सो अवसरमा प्रधानमन्त्री दाहालले शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएका समस्या र डा केसी र सरकारबीच भएका सम्झौतालाई पूरा गर्न निर्देशन दिएका थिए ।

    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: प्रचण्ड र गगन थापा मिलेर गरे जनताको मनछुने काम Rating: 5 Reviewed By: Shesh Narayan Jha
    Scroll to Top